Comments Add Comment

सुशीलले वैद्यलाई भने- तपाई नै चाहिन्छ, अरुले हुँदैन

Susil-baidhya

८ भदौ, काठमाडौं । आइतबार बिहानै प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारबाट नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्यलाई टेलिफोन गरे-‘वैद्यजी भेटेर जरुरी कुरा गर्नुपर्ने भयो, आइतबार दिउँसो ३ बजे तपाई बालुवाटार आउनुपर्‍यो ।’

वैद्यले प्रधानमन्त्रीलाई भने, ‘कुन एजेन्डामा छलफल गर्ने ? म त अहिले पाल्पामा छु, आजै त बालुवाटार आउन सम्भव भएन, पार्टीका अरु नेताहरुलाई पठाइदिउँला ।’

प्रधानमन्त्रीले भने, ‘अरुलाई पठाएर हुन्न तपाई आफैं आउनुपर्छ । एजेन्डाका विषयमा पनि फोनमा भन्दा पनि भेटेरै कुरा गरौंला ।’ वैद्यले जवाफ दिए-‘त्यसोभए आज सम्भव नहोला, भोलितिर बसौंला ।’

पार्टीको आन्तरिक कार्याक्रममा सहभागी हुन पाल्पा पुगेका वैद्यलाई प्रधानमन्त्री सुशील कोइरालाले आइतबार दिउँसो वार्ताका लागि बालुवाटार बोलाएका थिए । महासचिव रामबहादुर थापा वादल लगायतका नेताहरु काठमाडौंमै भए पनि प्रधानमन्त्रीले वैद्यसँगै वार्ता गर्ने रुची प्रकट गर्दा आइतबार तीन बजेका लागि तोकिएको छलफल स्थगित भएको छ ।

माओवादीले छलफलको एजेण्डा समेत प्रष्ट पार्न आग्रह गरेको छ । ‘संविधानका विषयमा कुराकानी गर्न खोजेको होला तर, हामीलाई एजेण्डा भनिएको छैन’ माओवादी सचिव देव गुरुङले अनलाइनखबरसँग भने ।

बैद्य माओवादीले संविधानका अन्तरवस्तुबारे सहमति खोज्न सर्वपक्षीय सभा गर्नु पर्ने माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment