Comments Add Comment

निर्माताका कारण शंकरसँग काम गरिन् पार्वतीले

sankar-and-parbati
उसो त मोडल र नायिकाहरुको संख्या कम हुँदा दर्शकले एउटै अनुहारलाई विभिन्न विधाका गीतमा देखिरहेका छन् । यसैले पनि नेपाली सेलिब्रेटीको क्रेज घटिरहेको चर्चा बजारमा चल्न थालेको छ ।

तीजको गीतमा एकसाथ नदेखिएका शंकर वीसी र पार्वती राई भने यसैका कारणले चर्चामा रहे । तीजको सुरुवातमा नै पारिश्रमिकमा विवाद उत्पन्न भएपछि शंकर र पार्वती अलग भएका हुन् ।

तीजको गीतमा पार्वती राइले शंकर बीसीसँग महंगो पारिश्रमिक माग गरेपछि विवाद उत्पन्न भएको थियो । तर तीज सकिए लगतै दुई कलाकारले एकसाथ काम गरेका छन् । विशेषगरी लोकगीतको भिडियोमा धेरै देखिने पार्वतीलाई शंकरले किन पछि पार्न खोजे, यो उनीहरुले नै जान्ने कुरा हो । तर एउटै कलाकार र जोडी सधै नै देखिदा दर्शकलाई पट्यारलाग्नु स्वभाविक नै हो । यो कुरा शंकर पनि स्विकार गर्छन् ।

वुद्धिमान र विनु तामाङको आवाजमा समावेश ‘जागिर हुने चाहियो’ बोलको गीतमा शंकर र पार्वती राई देखिएका हुन् । यो गीतको छायांकन आज गरिएको हो । निर्माताले नै १ बर्ष अगाडि यो गीतको भिडियोमा आफ्नो माग गरेकाले खेलेको पार्वतीले अनलाइनखबरलाई बताइन् ।

उनले सबै कुरा शंकर वीसीलाई नै थाहा भएको भन्दै झगडा र विवादको बिषयमा केही पनि नबोल्ने जवाफ दिइन् । सायद पार्वतीलाई शंकरसँग काम गर्न मनैदेखि मन नलागेको पनि हुनसक्छ । जसका कारणले पनि उनले सबै कुरा शंकरको नै पोल्टामा थोपर्दै आफू बच्न खोजिन् ।

जे होस्, पर्दामा यो जोडी फेरि निरन्तर आउँला या नआउँला यो भविष्यले नै बताउँनेछ । तर एउटै जोडी देख्दा दर्शकले पनि दिक्क मान्ने भएकाले तीजमा काम नगरेको शंकरको जवाफ र निर्माताका कारण शंकरसँग काम गरेको भन्ने पार्वतीको तर्कले पनि, दुई जोडीमा देखिएको शीतयुद्ध तत्काल समाधान हुने छनक भने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment