Comments Add Comment

वैज्ञानिकहरुले नै ह्याक गरे जिमेल अकाउण्ट, गुगलद्वारा स्वागत

gmail
अमेरिकी अनुसन्धानकर्ताहरु जिमेल अकाउण्ट ह्याक गर्न सफल भएका छन् । स्मार्टफोन मेमोरीमा हुने कमजोरीको फाइदा उठाउँदै आफुहरु जिमेल अकाउण्ट ह्याक गर्न सफल भएको र यस्तो सफलता दर ९२ प्रतिशत रहेको दाबी उनीहरुको छ ।
शोधकर्ताहरुले अन्य स्मार्टफोन एप भन्दा जिमेल ह्याक गर्न सजिलो रहेको समेत बताएका छन् ।
एन्ड्रोइड फोनमा यो प्रयोग गरिएको भएपनि अन्य अपरेटिङ सिस्टम जस्तै विन्डोज तथा आइ ओ एसमा समेत यस्तो विधिले काम गर्नसक्ने शोधकर्ताहरुको ठहर छ ।
उता गुगलले भने जिमेल ह्याक गर्न सकिने शोधकर्ताहरुको नयाँ आविष्कारको स्वागत गरेको छ । गुगलका प्रवक्ताले यो प्रयोगको स्वागत गर्दै भनेका छन्, ‘तेश्रो पक्ष अनुसन्धानले नै एन्ड्रोइडलाई थप बलियो तथा सुरक्षित बनाउँछ ।’
हालै अमेरिकाको सानडियागोमा भएको साइबर सुरक्षा सम्बन्धि सम्मेलनमा मिचिगन तथा क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले जिमेल तथा अन्य स्मार्टफोन एपहरु कसरी ह्याक गर्न सकिन्छ ? भन्ने विषयमा गरेको अनुसन्धानको नतिजा प्रस्तुत गरेका थिए । शोधकर्ताहरुले जिमेल सँगै एच एण्ड आर ब्लक, न्युएग, वेबएमडी, चेज ब्यांक, होटेल्स डट कम तथा अमेजन समेत ह्याक गर्न सफल भएका छन् ।
यी सबै एप मध्ये अमेजन एप ह्याक गर्न सबैभन्दा कठीन भएको र यसको सफलता दर ४८ प्रतिशत मात्र रहेको शोधकर्ताहरुको भनाइ छ ।
यसरी एप ह्याक गर्ने क्रममा शोधकर्ताहरुले भाइरस सफ्टवेयरको प्रयोग गरि स्मार्टफोनको शेयर्ड मेमोरीमा पहुँच कायम गरे । शेयर्ड मेमोरी हरेक एपले प्रयोग गरेको हुने भएकाले यसको विश्लेषणका माध्यमबाट शोधकर्ताहरु कुन बेला स्मार्टफोन प्रयोगकर्ताले जिमेल जस्ता एपमा लग इन गर्छ भन्ने कुरा पत्ता लगाउन सफल भए । त्यसपछि उनीहरुले प्रयोगकर्ताको लग इन डिटेल तथा अकाउण्टको पासवर्ड समेत चोर्न सफल भए ।
एजेन्सीको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment