+
+

एन्फासँग रकम माग्दा ४ क्लब प्रतिबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते ५:५८

९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लबमाथि प्रतिबन्ध लगाएको छ ।

मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको नागरिक दैनिकमा खबर छ ।

एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाल फुटबलकै पहिलो घटना हो ।

एन्फाको काम-कारबाहीसँग असहमत चार क्लबले बैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेको थिए ।

आर्थिक विषयबाट सुरु भएको विवादले कारबाहीको रुप लिएको हो । झन्डै ८ महिनाको प्रतिबन्धनमा परे पनि चार क्लबको ‘ए’ डिभिजन हैसियत यथावत रहनेछ । नेपालमा १२ ए डिभिजन क्लबहरु छन् ।

क्लब समन्वय समितिका संयोजक शिक्षित पराजुली एन्फाको प्रतिबन्धको कुनै अर्थ नभएको बताउँछन् । एन्फाले समस्या समाधानभन्दा कारबाही गरेर विवाद चर्काउन खोजेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?