Comments Add Comment

कतार समाजले मनायो तीज

teej-qatar

९ भदौ, दोहा । नेपाली नारीहरुको ठूलो चाड तीजको अवसरमा देश विदेशमा तीजको रमझम चलिरहेको छ । तीज नजिकिदै गर्दै विदेशमा रहेको नेपालीहरुले पनि नाँचगान र रमाईलो गरी तीज मनाइरहेका छन् ।

कतार नेपाली एकता समाज महिला विभागको आयोजनामा तीज कार्यक्रम गरिएको हो । नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कतार नेपाली एकता समाजका सचिवालय सदस्य हेमन्त वाईवा, अन्र्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव खिम बूढा मगर, संस्थापक सबिन श्रीस मगर, लोक गायिका इन्दिरा शाही लगायतको उपस्थिती थियो ।

कार्यक्रममा कतार नेपाली एकता समाज महिला विभागकी अध्यक्ष अमिना खानले तीज कार्यक्रम अरु बुर्जुवा संस्कृति भन्दा पृथक भएकोले नेपालको संस्कृति बचाई राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले सांगितिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

उद्धव मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment