Comments Add Comment

वीपी विचार यात्राको टोलीसँग पुल बनाइदिन अाग्रह

९ भदाै, काठमाडाैं । वीपी विचार यात्राको टोलीसँग खोटाङको च्यानडाँडा गाविसबासीले गाउँको खोलामा पूल बनाइदिन माग गरेका छन् । स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै पुल निर्माण भए लाभान्भित हुने बताएका हुन् ।

च्यानडाँडास्थित सेखुवाबासीले सेखुवाको माथिल्लो र निर्मलीडाँडाकोमाथिल्लो भेगलाई जोड्न साप्सु खोलामा पुल निर्माणका लागिपहल गरिदिन आग्रह गरेका हुन् । सेखुवाको झगरपुर टोलबाट लामाखु जानेबाटोस्थित साप्सु खोलामा पुल निर्माण गरिदिन उनीहरुले माग गरेका हुन् ।वर्षामा उक्त बाटो बाढीका कारण प्रभावित हुँदै आएको छ ।

‘यो ठाउँमा खोला तर्न गाह्रो भएकाले हामीले पुल बनाईदिनमाग गरेका छौं’, पुराना कांग्रेस कार्यकर्ता प्रेमबहादुररोकाले भने, ‘उहाँहरुले मागलाई केन्द्रमा पुर्याई सहयोग गर्ने भन्नुभएको छ ।’

पार्टीका लागि आफूहरुले योगदान गरेको भन्दै उनले पुल निर्माणनगरि काठमाडौंमा पार्टी सभापतिलाई भेटेर मागगर्ने समेत बताए ।विराटनगरबाट सुरु भएको विचार यात्रा सुनसरी धनुकुटा भोजपुर हुँदै आइतबारखोटांग पुगेको हो ।

तीन दिन भोजपुरमा रहेको टोलीलाई खोटांग र भोजपुरको संगमस्थलचखेवाभन्ज्यांगमा आयोजित एक कार्यक्रममा कांग्रेस भोजपुरका जिल्ला सभापतिबालकृष्ण थापाले खोटांग सभापति विष्णुकुमार राईलाई झण्डासहित टोलीहस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment