Comments Add Comment

तीन वर्षपछि हत्यारा पक्राउ

कृष्ण ओझा

९ भदौ, पाँचथर । कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत पाँचथरले तीन वर्षअघि दोषी ठहर गरिएका एक व्यक्तिलाई पाँचथर प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सिदिन गाविस-४ इम्सुवा निवासी सुरेन्द्र राईको हत्या गरेर फरार रहेका सोही स्थानका राजकुमार राई तीन वर्षपछि पक्राउ परेका हुन । राजकुमारको हत्यामा दोषी प्रमाणित राईलाई प्रहरी चौकी सिदिनवाट खटेको टोलीले सोमवार पक्राऊ गरेको हो ।

राजकुमार सहितको समूहले ०६८ पुस २१ गते सुरेन्द्र राईलाई कुटपिट गरी हत्या गरेर ढुंगाले किचेको आरोप लागेको थियो । सो मुद्धामा पाँचथर जिल्ला अदालतले २ वर्ष अघि गरेको फैसलामा राजकुमारको प्रत्यक्ष सहभागिता ठहर गर्दै २० वर्ष कैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment