Comments Add Comment

श्वेता भन्छिन- भुलेर पनि यस्तो दुःख नदेउ भगवान

Sweeta khadka (2)काठमाडौं । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी नायिका श्वेता खड्काले फेसबुकमार्फत् भगवानसँग गुनासो गरेकी छिन् ।
श्रीमान्को मृत्युसँगै झण्डैझण्डै बेहोस र मुर्छित अबस्थामा रहेकी श्वेताले पहिलोपटक आफ्ना भावना सार्वजनिक गर्दै भनेकी छिन- सायद भगवान पनि पछुतायो होला गल्ती गरेछु भनेर ।’
उनले लेखेकी छिन् ‘भगवान पनि पछुतायो होला अब त गल्ती गरेछु भनेर …..। कोसँग दुुःख शेयर गरौं भगवान जब तिमीले नै यति दुःख दिएपछि । कमशेकम हे भगवान भन्ने ठाउँ त राखिदिनुपर्छ । अब त्यो ठाउँ पनि बाँकी रहेन् । अझै पनि अलिकति विश्वास छ प्लीज कसैको जीबनमा भुलेर पनि यस्तो दुःख नदेउ भगवान ।’
बिबाह गरेको एक महिना नपुग्दै उनको श्रीमान् श्रीकृष्णको गएको साउन २५ गते भारतको गंगाराम अस्पतालमा निधन भएको थियो । श्रीकृष्ण र श्वेताको संयुक्त लगानी एवं अभिनय रहेको चलचित्र ‘कोहिनुर’ अहिले प्रदर्शन भईरहेको छ ।

अन्तिम बिकल्प भगावान नै निष्ठुरी भएपछि उनले अब गुनासो गर्ने ठाउं कोही रहेन् । श्रीकृष्णले प्राण् त्यागिरहँदा गंगाराम अस्पतालमा पनि उनले भगवानको तस्वीर अगाडी बसेर प्राण बचाइदिन याचना गरिरहेकी थिइन् । तर, भगवानले उनको याचना सुनेनन् र श्रीकृष्णलाई मधुमास नसकिदै उनीबाट चुँडेर लगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment