सफल सिनेमा ‘झोला’ अाेस्कार अवार्डका लागि छानिएको छ । विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)ले यो चलचित्रलाई अाेस्कारका लागि छनोट गरेको हो । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसद्वारा सन् २०१५ फेब्रुअरी २२ तारिखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जल्समा आयोजना हुने ८७ औं एकेडेमी अवार्ड (अाेस्कार अवार्ड) का लागि ‘झोला’लाई पठाउने निर्णय गरिएको हो ।
चलचित्र ‘मोक्ष’ र ‘झोला’ प्रतिस्पर्धामा थिए । यादव भट्टरार्इले निर्देशन गरेको यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय अवार्ड जितिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4