Comments Add Comment

माइतबाट फर्किएको ८ दिनमै जलेर मृत्यु

१० भदौ, काठमाडौं । रुपेन्देहीको पजरकट्टीकी एक महिलाको जरेर मृत्यु भएको छ । उनको हत्या वा आत्महत्या खुल्न सकेको छैन ।

धकधही गाविसको पजरकट्टीकी २२ वर्षकी सुनिता यादवको लजेर मृत्यु भएको प्रहरीले जनाएको छ । जलेको अवस्थामा उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा ल्याएपछि घटना सार्वजनिक भएको हो ।

परिवारले भने ससुरा भारतमा र श्रीमान बजार भएको बेला सुनिता आगोमा जलेको बताएका छन् ।

प्रहरीका अनुसार भारतको महाराजगञ्जकी उनको गत फागुनमा विवाह भएको थियो । उनी दुई महिना माइत बसेर ८ दिनअघि मात्र घर आएकी थिइन् ।
प्रहरीले उनका श्रीमान जयकुमार यादवलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment