Comments Add Comment

निखिलको फिल्ममा ठाउँ पाईनन् सञ्चिताले

nikhil-and-sanchita
काठमाडौ । निखिल उप्रेतिले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइटेलले ठाउँ पाएकी छैनन् । आफुले निर्देशन गर्ने फिल्ममा सञ्चिताका लागि उपयुक्त भुमिका नभएकाले घरको मान्छेलाइ ठाउँ नदिएको निखिलको भनाई छ ।

तर, एउटा गीतमा रेखा थापाले विषेश भुमिका निर्वाह गर्ने भएकी छिन् । दश वर्षदेखी बोलचाल बन्द गरेर बसेर निखिल र रेखाविच एक हप्ता अघि मात्रै फिल्ममा काम गर्ने मौखिक सहमति भएको थियो ।

तीन वर्षपछि फिल्ममा फर्किन लागेका निखिलले निर्देशनका अतिरिक्त मुख्य भुमिका पनि आफैले निर्वाह गर्ने भएका छन् । फिल्मलाई फूल एक्सन बनाउने दाबी गर्ने निखिलले एक्सनका केही नयाँ फण्डा अपनाउने दाबी गरे । ‘अहिलेसम्म दर्शकले नेपाली फिल्ममा हेर्न नपाएको एक्सनका दृष्यलाई म सिनेमामा प्रस्तुत गर्दै छु ।’ उनले भने ।

त्यसो त उनले तिहार लगत्तै हिन्दी फिल्म निर्देशन गर्ने र उक्त फिल्ममा बलिउडकै कलाकार र प्राविधिक रहने पनि बताए । बलिउड फिल्मका विषयमा भने पत्याइहाल्ने आधार छैन । एक दशक अघि पनि उनी आफैले बलिउड अभिनेत्री रानी मुखर्जीसंग अभिनय गर्न लागेको हल्ला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment