Comments Add Comment

‘आफुलाई कष्ट दिएर अरुका लागि किन ब्रत बस्नु ?’

Nandita-kc

काठमाडौं । हिन्दु नारीहरुले तामझामका साथ मनाउँदै आएको चाड तीज रमाईलो लाग्छ नायिका नन्दिता केसीलाई पनि । पहिला भन्दा अहिलेको तीज अलि बढी रंगीन भएको महसुस् गरेकी छिन उनले ।

राम्रै कमाई हुनेहरुले तीजको नाममा अन्धाधुन्द खर्च गरेको अनुभव गरेकी नन्दितालाई लाग्छ- ‘तीजलाई मान्छेहरुले फेशनेवल बनाएका छन्, यो आफैमा राम्रो होईन ।’
उनको बुझाईमा कुनै पनि पर्वको नाममा खान र लाउनकै लागि यति धेरै खर्च गर्नु जरुरी छैन् ।

धेरै कमाई हुनेहरुले गरेको अनियन्त्रित खर्चकै कारण कतिपय सामान्य नागरिकलाई अप्ठयारो परेको ठान्छिन उनी । बितेको दुई तीन वर्षको तुलनामा यसपालीको तीज अलि सभ्य हो कि जस्तो लागेको छ । पोहोर जस्तो तीजको हल्लीखल्ली सुनेकी छैनन् रे उनले । ‘यसपालिको तीज पोहोरको तुलनामा कम भड्किलो हो कि जस्तो लागेको छ मलाई ।’ उनले भनिन् ।

नन्दितालाई आमा दिदी बहिनीका अगाडी तीजको गीतमा छमछमी नाच्दा पनि निकै रमाईलो लाग्छ । फिल्ममा आउनुपहिले पारिवारिक जमघटमा सबै भन्दा धेरै नाच्नेमा उनै पर्थिन् । अहिले पनि उनी नाचेको हेर्न चाहनेहरु प्रसस्त छन् नाता गोतामा । उनलाई एउटै कुरा मन पर्दैन, त्यो हो पानी पनि नखाई ब्रत बस्ने शैली ।
ब्रत बसेकै कारण कतिपय महिलाहरु बेहोस भएर ढलेको सुनेकी नन्दिता आमा, दिदी, बहिनीहरुलाई आग्रहको भाषामा भन्छिन ‘आफ्नो ज्यानलाई कष्ट दिएर ब्रत नबस्नुस् ।’ उनी आफै पनि ब्रत बस्छिन् । ब्रत बसेको बेला पानी र फलफूल खाने गरेकी छिन् ।

140825_055551Nandita-KC-10

राति उठेर दर खाने चलन हरायो

शहरदेखि गाउँसम्म तीजमा खाईने परिकारहरु फेरिए जस्तो लाग्छ उनलाई । नन्दितालाई अझै सम्झना छ-सानो छँदा दरका लागि भनेर चाम्रे पकाउने चलन हुन्थ्यो गाउँमा । खाना खाँदा कुहिनावाट चुहिले गरि घ्यु हाल्ने चलन थियो ।

आलु, बोडी र तामा मिसाएको तरकारीसँग खाँदा चाम्रे झनै स्वादिलो हुन्थ्यो ।  विषेश त त्यसरी बनाएको चाम्रे राती उठेर खाने चलन थियो । भोलीपल्ट भोको बस्ने महिलाहरुलाई गार्हो नहोस् भनेर धेरै घ्यु हालेर चाम्रै बनाउने चलन अहिले गाउँमै हराइ सकेको छ ।राती उठेर दर खाने चलन पनि हराइसके जस्तो लाग्छ नन्दितालाई ।

शहरमा बस्नेहरु मध्ये केहीले दालभात तरकारीको साटो ‘फ्राइ राइस’ रोजे जस्तै गाउँमा पनि अचेल चाम्रे पाक्न छाडेको छ । तीजकै लागि भनेर बनाइने स्थानिय मिठाईको चलन पनि हराएको छ ।

नन्दिता भन्छिन ‘पहिला दरमा मासु हुन्नथ्यो अहिले मासुका परिकार अनिवार्य जस्तै हुन थालेको छ ।’
दर खाने निम्तो कति धेरै ?

साउन लागेपछि हरेक दिन दुईटा जति कार्यक्रमवाट दर खाने निम्तो आएकै छ उनलाई । भदौ लागेपछि त एकै दिन ५/६ वटा कार्यक्रमवाट पनि आउँदो रहेछ । छानेर मात्रै कार्यक्रममा सहभागी हुने गरेको बताउने नन्दिताले दरकै कारण बिरामी भएको र मोटाएको अनुभव गरेकी छैनन् ।

‘ठिक्क खान पर्छ केही पनि हुन्न ।’ उनले भनिन् । दरखाने र खुवाउने चलन पनि फेशन बनेको अनुभव गरेकी नन्दिता फजुल खर्च हुने कार्यक्रम बन्द गर्दा राम्रो हुने धारणा राख्छिन् ।

अघिल्ला वर्षमा साथि भाइसँगै रमाईलो गर्ने नन्दिताले यसपाली तीजकै अवसरमा पूजा पाठ केही गर्ने छैनन् । कान्छा हजुरबा बितेको एक वर्ष नपुगेकाले एक वर्षसम्म कुनै पनि धार्मिक कार्यक्रममा सहभागी नहुने बताईन् उनले ।

 

नन्दिताको थप तीज विशेष तस्वीरका लागि यहाँ क्लीक गर्नुहोला

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment