लण्डन । आउँदो आइतवार चौथो मिस युके नेपाल छनौट हुने भएको छ । प्रतियोगिताको फाइनल राउण्डमा पुगेका ११ सुन्दरीको प्रतिस्पर्धापछि विजेताको नाम घोषणा गरिने छ ।
मिस युके नेपाल विजेताले ताज संगै नगद आठ सय पाउण्ड तथा फस्ट र सेकेण्ड रनर अपले क्रमश पाँच सय र तीन सय पाउण्ड पुरस्कार पाउने छन । त्यसबाहेक विजेतालाई विभिन्न म्युजिक भिडियो तथा मोडलिङमा अवसर दिईने आयोजकले बताए ।
प्रतियोगिताको फाइनलका लागि अल्डरसटको पि्रन्सेस हलमा आईतबार साँझ एक विशेष कार्यक्रम आयोजना गरिएको छ । फाइनल प्रतिस्पर्धाको पहिलो चरणमा हरेक प्रतिस्पर्धीले एक जना निर्णायकको प्रश्न सामाना गर्नेछन । सोही प्रश्नको जवाफका आधारमा पाँच प्रतिस्पर्धी फाइनलका लागि छनौट हुनेछन् । फाइनल राउण्डमा मुख्य निर्णायकले सबैलाई सोध्ने साझा प्रश्नको सबैभन्दा राम्रो जवाफ दिनेले मिस युके नेपालको जात प्राप्त गर्नेछन् । निर्णयका क्रममा प्रतियोगीले प्रतियोगिता अवधिभर देखाएको क्रियाकलापलाई पनि ध्यानमा राखिने आयोजकले बताए ।
आयोजक संस्था इभेन्ट एण्ड आइडियाजकी शान्ति गुरुङका अनुसार विजेता चयन गर्नका लागि ७ जना निर्णायकले जिम्मेवारी पाउनेछन ।
बेलायत स्थितत इभेन्ट एण्ड आइडियाजले हरेक वर्ष आयोजना गर्ने मिस युके नेपाल बेलायतमा हुने एक मात्र नेपाली सुन्दरी प्रतियोगिता हो । सन् २०१० बाट सुरु भएको प्रतियोगिता पर्याप्त प्रतिस्पर्धी नभएको भन्दै गत वर्ष भने हुन सकेको थिएन । ध्रुबराज अर्याल, लण्डन











प्रतिक्रिया 4