Comments Add Comment

भाग्यमानी तीज भिडियो, जसलाई दर्शकले रुचाए

pasupati

११ भदौ, काठमाडौ । भनिन्छ, तीज नेपाली नारीहरुको विषेश पर्व हो । वर्षौदेखि तीज र महिलालाई विभिन्न प्रसंगमा जोडेर हेरिने गरेकाले पनि तीज केबल महिलाको मात्रै पर्व हो भन्ने परेको छ नेपाली समाजमा ।

तर, समय यसरि फेरीएको छ । आफुलाई नयाँ पुस्ता भनेर चिनाउन चाहने तन्नेरीहरु पुरान पुस्ताले गर्दै आएको हरेक कार्य अस्वीकार गर्दै आए जस्तो देखिन्छ ।

तीजकै प्रसंगलाई हेर्ने हो भने पछिल्ला केही वर्षयता महिला भन्दा पुरुष गायकको बाहुल्यता बढ्दो छ । कतिपय भिडियो हेर्दा लाग्छ, अब महिलामात्रको उपस्थितीले तीजको सार्थक हुनेवाला छैन् । साडी चोली लगाएकी महिलासँगै सुटमा सजिएका पुरुषले छमछमी नाचेका दृष्य स्वभाविक लाग्न थालेको छ हाम्रो आँखालाई ।

यो वर्ष तीजकै सन्दर्भमा ६० भन्दा बढि म्युजिक भिडियो सार्वजनिक भए । एउटै गायक गायिकालेे १५ वटासम्म गीत गाए । गीत गाउने हरेकलाई लाग्दो हो- मैले राम्रो गीत गाएको छु, धेरै चर्चा हुन्छ । दुःखका कुरा सबै गीतले चर्चित हुने अवसर पाउदैनन् । केही गीत यस्ता भाग्यमानी भए जसलाई धेरैले मन पराईदिए ।

विवादले चर्चामा

पशुपति शर्मा र देविका केसीको ‘हामी नेपाली…बोलको गीत दर्शकले राम्ररी सुन्नै नपाई बिबादमा आयो । केही जातिय अधिकारको वकालत गर्नेहरुले गीतले दलितहरुलाई हेपेको भन्दै टेलिभिजनवाट प्रशारणै बन्द गर्नुपर्ने माग गरे । र, अहिले कुनै पनि टेलिभिजन च्यालनमा उक्त गीत बज्दैन । टेलिभिजनमा नबजेर के भो त । सामाजिक सञ्जालहरुमा त्यहि गीत र भिडियो सबैभन्दा धेरै हेरिएको छ । यहि गीतले शर्मा र केसीलाई सेलीब्रेटी बनायो ।

हामी नेपाली मात्रै हैन पशुपति शर्मा र देविकाले गाएका र प्राय गीत दर्शक स्रोताले धेरै हेरिएको गीतमा पर्न थालेको छ अचेल । शायद त्यहि कारण हुनसक्छ देश विदेशमा पनि उनीहरुको माग बढी नै हुन थालेको छ ।

उस्तै चर्चा कमाउने अर्की गायिका हुन् कोमल वली । केही वर्षयता तीज र भगवान शिबजीको विषय खरो शैलीमा प्रस्तुत हुन थालेकी वलीले यसपाली हल्ला भो शिबजी भन्दै साडी लगाएर नाचिन् पनि । उनी नाँच्नमा कत्तिको सिपालु छिन् कुन्नि तर, दर्शकले भने औधि मन पराएका छन् । त्यसो त उनी पनि बिबाहको विषयले बेला-बेला चर्चामा आउँछिन् ।

नाचौँ सरर भन्दै आएकी सुनिता दुलालले यसपाली पनि आफ्ना दर्शकलाई राम्रै प्रभाव पारेकी छिन् । उनको स्वर सुनेर रमाउने र रुप हेरेर भुतुक्कै हुनेहरुले तनमनले हेरेको छन् हातमा धुपबत्ति लिएर मन्दिर घुम्दै गरेकी सुनिताको भिडियो ।

थोरै तर राम्रो गीत लिएर आउने गायिकाको रुपमा चिनिने शोभा त्रिपाठीले गीत मार्फत नेपालमै काम गरेर खाने मर्द चाहिएको कुरा गरेकी मात्रै छैनन् तीन ठाउँमा कम्मर मर्काई मकाई नाचेकी छिन् ।

तन्न्नेरीहरुलाई अर्ति उपदेश दिएकी राधिका हमाललाई पछ्याउनेहरु पनि दिनदिनै जसो बढिरहेका छन् ।

माया प्रेम र चेलीका पिडा समेटेर केही गीत गाएका खुमन अधिकारी पनि पनि नेपाली स्रोताले रुचाएका पुरुष गायक हुन् । टिका पुन, देबी घर्ती, जानकी तारमी मगर लगायतका गीतलाई राम्रै रुचाईएका छन् ।

हिरोईन भन्दा गायिका हिट
नन्दिता केसी, र रिमा विश्वकर्मा, सुष्मा कार्की, आशिष्मा नकर्मी र नम्रता श्रेष्ठ ५ जना हिरोईनले यसपाली तीजको गीतमा मोडलिङ गरेका छन् । तर, यी नायिका पार्वती राई भन्दा निकै पछाडी परेका छ । पार्वतीलाई पछ्याउने मध्ये आधा पनि हिरोईनतिर लागेका छैनन् । नन्दीता र रिमा भन्दा कोमल वलि, सुनिता दुलाल र शोभा त्रिपाठी धेरै अगाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment