Comments Add Comment

त्रिशूलीमा ट्रक खस्दा सहचालक बेपत्ता

११ भदौ, चितवन । चितवनको चण्डिभञ्जाङ-९ स्थित जलविरेबाट बुधबार विहान ट्रक त्रिशूलीमा खस्दा सहचालक बेपत्ता भएका छन् । ट्रक चालक हामफालेर बाँच्न सफल भएका छन् ।
जलविरेबाट करिब एक सय ५० मिटर तल खस्दा सहचालक १८ वर्षीय नवराज तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ । ट्रकका चालक धादिङको बैरेनीका ३५ वर्षीय गोमनसिंह लामा हामफालेर बाँच्न सफल भएका छन् ।
खुद्रा सामान लिएर चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना२ख ६९४४ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार विहान साढे ४ बजे त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment