Comments Add Comment

विरामी बोक्ने एम्बुलेन्सबाट तस्करी

ambulance-1११ भदौ, बिराटनगर । मोरङमा बिरामी बोक्ने एम्बुलेन्स सामान तस्करीमा प्रयोग भएको भेटिएको  छ ।

भारतको जोगवनीबाट आएको मे१च ३९१ नम्बर एम्बुलेन्सलाई विराटनगर-२२ स्थित मटेरुवा सीमा प्रहरी चौकीले जाँच गर्दा उक्त एम्बुलेन्समा भन्सार छलेर ल्याएका गाडीको पार्टस (प्लास्टिकको) ८६ थान बरामद गरेको हो ।

एम्बुलेन्स चालक मनोजकुमार रायका साथै सो एम्बुलेन्समा सवार बेन्नी थोमस र रेखा थापालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद सामान र गाडीसहित चालकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment