बलिउडका चर्चित नायक गोविन्दाकी छोरी नर्मदा एक नाम नजुराइएको चलचित्रबाट बलिउडमा प्रवेश गर्दैछिन् । छोरीको बलिउड प्रवेशलाई नायक गोविन्दाले महत्वका साथ हेरेका छन् ।
हालै मात्र संचारमाध्यमसँग कुरा गर्दै उनले चलचित्रको माग अनुसार छोरीले काम गर्दा आफूलाई आपत्ती नहुने बताए । उनले भने-‘बलिउड आफैमा ग्ल्यामरको दुनियाँ हो । चलचित्रको माग अनुसार छोरीले चुम्बन र बेडसिन गर्दा मलाई कुनै आपत्ती छैन ।’
रोमान्टिक दृश्य बलिउडको एक पाटो भएको भन्दै उनले छोरीलाई यस्तो खुल्लापन दिने छनक देखाएका हुन् । ‘यदि छोरीलाई यस्तो दृश्य गर्दा कुनै असहजता महशुश हुँदैन भने, मलाई पनि हुँदैन’, गोविन्दाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4