Comments Add Comment

जीवन र नीताले बाँडे वृद्धवृद्धाहरुलाई सारी र ढाकाटोपी

nita-with-old-women
तीजको अवसर पारेर चलचित्र ‘भूलभुलैया’ यूनिटले निःसहायक सेवा सदनका बृद्धबृद्धाहरुलाई कपडा वितरण गरेको छ । विगत २ दिनदेखि सोही स्थानमा छायांकन भैरहेको यो सिनेमाका नायक तथा नायिकाले वृद्धवृद्धाहरुलाई सारी तथा ढाकाटोपी प्रदान गरेका हुन् ।

चलचित्रका नायक जीवन लुइटेल, नायिका नीता ढुंगाना, अर्का नायक स्वहित मानन्धर, निर्देशक योगेश घिमिरे, कार्यकारी निर्माता निरज ढकालले तीजको छेकोमा वृद्धवद्धाहरुलाई सम्मान गरेका हुन् ।

चलचित्रको यो सहयोगबाट सदनमा रहँदै आएका बृद्धबृद्धाहरु खुशी देखिएका थिए । चलचित्रको २० दिनको छायांकन सकिएको निर्देशक योगेश घिमिरेले जानकारी दिए । चलचित्र आजसम्म निक्कै उत्कृष्ट बनेको उनको भनाई थियो । नायक जीवन लुइटेलले पनि ‘भुलभूलैया’ राम्रो बनेको भन्दै वृद्धाहरुको साथमा रहँदा खुशी लागेको प्रतिक्रिया दिए ।  bhulbhulaiya-withi-bridda jiwan-bitaran-gardai soyat-manandar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment