Comments Add Comment

सिन्धुपाल्चोकका पहिरो पीडितलाई पाँचथरबाट ६ लाख सहयोग

 कष्ण ओझा

११ भदौ, पाँचथर । पाँचथरबासीले सिन्धुपाल्चोकको माङ्खामा गएको भिषण पहिरोबाट पीडितका लागि ६ लाख २ सय २० रुपैयाँ राहत रकम पठाएका छन् ।

जिल्लाका विभिन्न निकायबाट संकलित रकम सिन्धुपाल्चोकस्थित नेपाल बैंक लिमिटेडको ‘राहत कोष २०७१ सिन्धुपाल्चोक’ खातामा जम्मा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको प्रस्तावमा जिल्लाबासीले समर्थन जनाउँदै राहत बटुल्न साताप्यापी अभियान चलाएका थिए । राहत बटुल्न जिल्लाका उद्योगी व्यवसायी, पेशाकर्मी, सञ्चारकर्मी, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था सक्रिय भए ।

बुधवार नै सिन्धुपाल्चोक जिल्लाका प्रजिअ गोपाल पराजुलीलाई पत्र लेख्दै पाँचथर प्रशासनले रकम यथासक्य चाँडो बाँड्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment