Comments Add Comment

सिनामंगलमा खुल्यो रेगल एयरपोर्ट होटल

Regal-Airport-Hotel-photo-4काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै सिनामंगलमा ‘रेगल एयरपोर्ट होटल’ सञ्चालनमा आएको छ ।

करिव ७ करोड लगानीमा सञ्चालनमा ल्याइएको होटलको बुधबार युवा नेता गगन थापाले उद्घाटन गरे । होटलमा सुविधा सम्पन्न १८ वटा डिलक्स रुम र २ वटा स्वीट रुम रहेका छन् । होटल एयरपोर्टको मूख्य गेटबाट करिव सय मिटर पूर्वतर्फ रहेको छ ।

विमानस्थल नजिक रहेको हुँदा होटल पर्यटक तथा कर्पोरेट आइकनहरुलाई लक्षित गरि सञ्चालनमा ल्याएको होटलका कार्यकारी प्रमुख रविन रानाले बताए । होटल एक तारे स्तरको भएपनि सेवा सुविधाहरु पाँच तारे होटलमा भन्दा कम नहुने सञ्चालकहरुको दाबी छ ।

बुटिक टाइपको यस होटलमा पूर्ण एयर कण्डीसन सुविधा, टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो-चिसो पानी, मिनी वार लगायतका न्युनतम सेवा सुविधाहरु रहेका छन् ।

Regal-Airport-Hotel-photo-3

होटलमा रहेका डिलक्स रुमलाई सानो र ठूलो गरी दुई वर्गमा विभाजन गरिएको छ । कार्यकारी प्रमुख रानाका अनुसार सानो रुमको प्रतिरात ३ हजार भारु र ठूलो रुमको प्रतिरात ४ हजार भारु तोकिएको छ ।

लामो समय बस्न खोज्ने पर्यटकलाई लक्षित गरि निर्माण गरिएका २ वटा स्वीट रुमको प्रतिरात ५ हजार भारतीय रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यहाँ बस्नेहरुले चाहेको खण्डमा आफै पकाएर खान सक्ने रानाले जानकारी दिए ।

होटलले सञ्चालनमा आएको अवसर पारी २५ प्रतिशत डिस्कान्ट दिने घोषणा गरेको छ । रुममा भएको मिनी बारमा पानी, जुस, क्यान वियर, चक्लेट लगायतका खाने कुराहरु रहनेछन् । मिनी वारमा २ वोतल मिनरल वाटर निःशुल्क प्रयोग गर्न पाइने छ भने अन्य वस्तुहरुको पैसा बुझाउनुपर्ने हुन्छ ।

६ आन जग्गामा फैलिएको होटल पाँच तले बिल्डिङमा रहेको छ । होटलमा होटलमा बरिस्मा आचार्य, सुमोध बस्ताकोटी, रविन राना, यादव चापागाईं र अच्चुत उप्रेती गरी पाँच जनाको संयुक्त लगानी रहेको छ ।

पर्यटकको सेवा सुविधाका लागि होटलबाट एयरपोर्टसम्म र एयरपोर्टबाट होटलसम्म निःशुल्क सवारी सुविधा उपलब्ध गराउने कार्यकारी प्रमुख रानाले बताए । खासगरी राती उडान अवतरण गर्ने पर्यटकहरु होटलका ग्राहक हुनेछन् ।

Regal-Airport-Hotel-photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment