Comments Add Comment

छोरीले प्रेरणा दिएपछि जेम्सले बनाए सेल्फी भिडियो

jems-pradhan
सेल्फी तस्बिर खिचेर सामाजिक संजालमा पोष्ट गर्ने प्रचलन त अब नयाँ रहेन । तर सेल्फीबाट एक भिडियो नै तयार गर्न भने गाह्रो हुन्छ नै ।
तर पप गायक जेम्स प्रधानले भने यो काम गरेका छन् । विश्वमै पहिलो पटक सेल्फी भिडियो तयार भएको देखिन्छ । जसका कारण पनि उनले ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’का लागि शुक्रबारबाट पहल थाल्ने जानकारी दिए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘सुरुवातमा क्यामेरा किनेपछि मैले तस्बिर र भिडियोहरु खिच्न थाले । त्यतिबेला आफै भिडियो नै खिच्छु भन्ने सोच आएको थिएन । तर क्यामेराले निक्कै आकर्षक भिडियो खिचेपछि केही त गर्नुपर्छ भन्ने लागेको थियो ।’ ‘म हिडेँ है’ बोलको यो गीतको भिडियोका लागि करिब २ महिना लागेको उनले बताए ।

छोरीले गीतको भिडियो समते आफै खिच्न प्रेरणा दिएपछि जेम्सको आकर्षण बढेको थियो । गीतमा उनले संगीत कम्पोज, एरेन्ज, बाद्ययवाधनको प्रयोग र गायन आफै गरेका छन् । गीत रेकर्डका समयमा रेकडिष्ट र सेक्सोफोन बजाइदिने काम मात्र अमूल कार्कीको सहयोगमा गरिएको थियो ।

भिडियोमा अभिनय, छायांकन, कलर करेक्शन, सम्पादन सबै उनी आफैले गरेका छन् । साथीहरुको सहयोगमा भोलीबाट वल्र्ड रेकर्डको पहल थालिने र आफूले नयाँ रेकर्ड राख्नेमा विश्वस्त देखिएका छन्, जेम्स ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment