Comments Add Comment

एन्जेलिना जोलीले ब्राडसँग तेस्रो बिबाह गरिन्

joli
लसएन्जल्स । हलिउडका चर्चित जोडी एन्जेलिना जोली र ब्राण्ड पिटले बिबाह गरेका छन् । नौ वर्षदेखी संगै बस्दै आएका उनिहरुले गएको शनिवार फ्रान्समा बिहे गरेका हुन् । ब्राण्ड अहिले ५० वर्षका भएका छन् भने जोली ३९ वर्षकी भएकी छिन् ।

आम फिल्मकर्मीका अनुमान विपरित यी जोडीको बिबाह सामान्य पारामा भएको थियो । उनिहरुका सिमित आफन्तलाई मात्रै बिबाहमा निम्ता गरिएको थियो । बैबाहिक समारोहमा उनिहरुका बच्चा बच्ची पनि सहभागी थिए । उनिहरु दुबैको गरेर ६ जना बच्चावच्ची रहेका छन् ।

ति मध्ये तीन जनालाई कम्बोडियावाट जिम्मा लिएका थिए । उनिहरु दुबैको यो विबाह पहिलो भने होईन । ब्राण्डले यसअघि अभिनेत्री जेनिफर एनीस्टनसंग बिबाह गरेका थिए भने जोलीले जोनी लि मिलर र बिली बोब थोनर्टसंग बिबाह गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment