Comments Add Comment

आफ्नै बाबुलाई अभिनय सिकाउँदै ८ बर्षका निर्देशक

saugat-bista-in-direction
सिनेमाको शुभसाइत समारोहमा केही पत्याउन गाह्रो परेको थियो । ८ बर्षका सौगात बिष्टले एउटा सिनेमालाई कसरी पूर्ण गराउँछन् भन्ने शंका धेरैमा थियो । तर, अनलाइनखबरको टिम जब उनले ‘एक्सन-कट’ भनिरहेको स्थानमा पुग्यो, धेरै कुराहरु रमाइला र नयाँ लागे ।

सौगात आफ्नै बाबु नायक गजित बिष्टलाई अभिनय सिकाउँदै थिए । स्त्रिmनमा हेरेर उनले ‘एक्सन-कट’ भन्थे, अनि बाबु अभिनय गर्थे । बाबुको अभिनयमा उनले धेरै पटक खोट लगाए । रिटेक बारम्बार लिए ।

सौगातको निर्देशनबाट नेपालका चल्तीका कलाकारले पनि धेरै कुरा सिक्ने मौका पाएका छन् । गजित चलचित्रमा कमजोर बाबुको भूमिकामा देखिदैछन् । आमाको निधन सानैमा भएपछि बाबुले एउटा छोरीको हेरचाहा कसरी गर्छ, यिनै बिषयमा चलचित्र ‘लभ यू बाबा’ बनिरहेको छ ।

सौगातलाई चलचित्रका छायांकारको काम राम्रो लाग्यो । नायिका अशिष्मा नकर्मी कस्तो लाग्यो त भन्दा सौगातले उनलाई रुन नआउँने बताए । ‘रुने समयमा सधै नै केमिकल हाल्नु पर्छ’, सौगातले कमजोरी औल्याउँदै भने ।

अर्की कलाकार निष्मा घिमिरेलाई त सौगातले धेरै टेक लिएका छन् । सौगातको कामबाट आफूले साना-साना कुरा सिकेको निष्माको अनुभव छ । यता, अर्का चर्चित कलाकार निर्मल शर्मालाई सौगातले हात चलाएको भएन भनेरै १२ टेक लिएका रहेछन् । saugat-bista

सौगातले सिनेमाको छायांकन ७५ प्रतिशत सकिएको बताउँदै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए । संगम बिष्ट, गजित बिष्ट, अशिष्मा नकर्मी, निष्मा घिमिरे, बसन्त भट्टको मुख्य भूमिका रहेको चलचित्रमा सुव्रत आचार्य र अनु शाह अतिथी भूमिकामा छन् । सौगातले यही सिनेमाबाट ‘कान्छो निर्देशक’को रुपमा गिनिज बुक अफ द वल्र्ड रेडर्कमा नाम लेखाउने तयारी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment