Comments Add Comment

वाणिज्य बैंकले ६४ लाख कित्ता सेयर लिलामी गर्दै

१३ भदौ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल आवास फाइनान्समा भएको संस्थापक सेयर लिलामी प्रक्रिया थालेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सेयर मिति र प्रक्रिया सार्वजानिक गर्दैछ ।

Rastriya-Banijya-Bankबैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ । पहिले कायम गरिएको शेयर मूल्यमा घटाई बोलकबोलमार्फत सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको इन्भेष्टमेन्ट बैंकमा ६२ लाख २० हजार ६६ कित्ता र नेपाल आवास फाइनान्समा १ लाख ९८ हजार ६ सय ९७ कित्ता संस्थापक सेयर रहेको छ ।

राष्ट्र बैंकले एक वित्तीय संस्थाले अर्को वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी (क्रस होल्डिङ) गर्न नपाउने निर्देशन गरेसँगै बैंकले गत साउन २८ गते सेयर बिक्री गर्ने घोषणा गरेको थियो ।

सेयर बिक्रीसँगै पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सर्वसाधारणको स्वामित्व पनि रहने भएको छ । हाल सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये यो बैंकमा मात्रै सर्वसाधारणको स्वामित्व थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment