Comments Add Comment

४ घण्टामै खोसियो रुक्मिणी कोइरालाको सभासद पद

१३ भदौ, काठमाडौं । मन्त्रिपरिषदबाट मनोनित सभासदमा नाम परेपछि नेपाली कांग्रेस मोरङका नेतृ रुक्मिणी कोइरालाले धेरैले बधाइ दिए । शुक्रबार अपराहृन बसेको बैठकले मनोनित गरेको १८ सभासदको सूचीमा नेपाल महिला संघ मोरङकी अध्यक्ष कोइरालाको पनि नाम थियो ।

सभासद मनोनयनको समाचार प्रकाशित भएपछि कोइरालालाई बधाइ छ भन्दै धेरैले फोन गरे । तर, उनको यो खुसी चार घन्टा पनि टिक्न पाएन र सभासद पद खोसिएको छ ।

‘पार्टी उपसभापति रामचन्द्र पौडेलले समेत फोन गरेर बधाइ छ सभासद हुनुभयो भन्नु भएको थियो’ कोइरालाले अनलाइनखबरसँग टेलिफोनमा भनिन्-तर, अहिले फेरि हट्यो भन्ने समाचार अनलाइनमा पढेँ ।’ उपसभापतिले नै फोन गरेर बधाइ दिएपछि आधिकारिक नै होला भन्ने आफूलाई लागेको भन्दै उनले अहिले फेरि के भएको हो बुझ्न बाँकी रहेको बताइन् ।

अपराहृन साढे २ बजे सकिएको क्याविनेट बैठकले मन्त्रिपरिषबाट मनोनयन गर्नु पर्ने २६ मध्ये कांग्रेसका ९, एमालेका ८ र राप्रपा नेपालका एक गरी १८ सभासद मनोनित गरेको थियो ।

जसमा सूचीमा कोइरालाको नाम पनि थयो । तर, कांग्रेसको कोटाबाट सभासद बनेकी कोइरालाको नाम समानुपातिकको सूचीमा रहेकाले मनोनयन सर्वोच्च अदालतको आदेश विपरित भएको भन्दै अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ३३५ समानुपातिक उम्मेदवारको सूचीमा कोइरालाको नाम ८२ औं नम्बरमा छ ।

मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ सभासद मनोनयन परेको रिटमा सर्वोच्च अदालतले दिएको आदेशमा समानुपातिक सूचीमा भएका वा प्रत्यक्षतर्फ चुनाव लडेका उम्मेदवारलाई सभासद नबनाउन भनिएको छ ।

मन्त्रिपरिषद् बैठकको झण्डै चार घन्टापछि मन्त्रिपरिषद्को सचिवालयले सभासदमा मनोनित भनी १७ जनाको सूची पठाएको छ । सरकारका प्रवक्ता मिनेन्द्र रिजालले कोइरालाको नाम मनोनित हुने व्यक्तिको सूचीबाट हटाइएको बताए ।

यसरी कोइराला झण्डै चार घन्टाका लागि सभासद मनोनित भइन् र सपथ विना नै पद खोसिएको छ ।

कांग्रेसमा असन्तुष्टि

सभासद मनोनयनलाई लिएर कांग्रेसमा विवाद देखिएको छ । पार्टीमा छलफल नै नगरी सभासद मनोनयन गरेको भन्दै सहमहामन्त्री पूर्णबहादु खड्कासहितका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

खडकाले भने-‘यो विधान विपरित छ । संस्थागत निर्णय भएको छैन । यसले म दुःखी समेत छु ।’

स्रोतका अनुसार पार्टी सभापति समेत रहेका सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच भागवण्डाका आधारमा नै सभासद मनोनयन भएको हो । तर, दुबै नेताले गुटमा समेत सहमति नगरी नाम पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment