Comments Add Comment

रोनाल्डोले भने-मेस्सीबारे टिप्पणी गरे म जेल जान्छु

Ronaldo१३ भदौ, काठमाडौं । रियल मडि्रडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वकप गोल्डेन बल लिओनल मेस्सीलाई दिने फिफाको निर्णयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

रोनाल्डोले यूईएफए युरोपियन प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् र उनी फिफा बालोन डि’ओरका विजेता समेत हुन् ।

बिहीबार राति युरोपको उत्कृष्ट खेलाडी घोषित भएपछि रोनाल्डोले फिफाको निर्णयबारे आफूले कुनै टिप्पणी गरे आफूलाइर् जेल हाल्ने भन्दै जोक गरेका छन् ।

ब्राजिल विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पुगेको थियो, तर उपाधि भिडन्तमा जर्मनीसँग १-० ले पराजित भयो । समूह चरणमा अर्जेन्टिनाको जितमा गोल गरेका उनले नकआउट चरणमा भने गोल गर्न सकेनन् । तर, उनलार्इ गोल्डेन बल अवार्ड दिइएको थियो, जसको निकै ओलाचना समेत भएको थियो ।

पोर्चुगलको टीभीसँग मेस्सीबारे कुराकानी गर्दै रोनाल्डोले भने-‘यदि मैले सोचेको कुरा भन्ने हो भने म जेलमा हुन्छु ।’ यो प्रश्न निकै रोचक रहेको भन्दै उनले अघि थपे-हरेक व्यक्ति आफैंले निर्णय गर्न सक्छ । फुटबल दुनियाका मानिसहरु पनि बुद्धिमानी छन् ।’

हरेकले आफ्नो काम गरेको भन्दै उनले भने-‘हामी दुबै उत्कृष्ट हुन चाहन्छौं । मेरो लागि मेरो दिमागमा म उत्कृष्ट भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment