१४ भदौ, काठमाडौं । सर्लाहीमा एक महिलाको गोली हानी हत्या भएको छ । सर्लाहीको नोलेल्वा–५ मोहनगञ्जकी २३ वर्षीया अमृतादेवी महतोको हत्या भएको हो ।
घरमा सुतिरहेको समयमा अज्ञात समूहले झ्यालबाट हानेको गोली उनलाई लागेको सर्लाही प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक विरेन्द्र ठाकुरले जानकारी दिए ।
उनी श्रवण महतोकी कान्छी श्रीमति हुन् । श्रवण र उनकी जेठी श्रीमती ललितादेवी महतोबीच अदालतमा अहिले अंश मुद्दा चलिरहेको छ ।
पारिवारिक झगडामा हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4