Comments Add Comment

निशाको भन्दा आस्माको भर

aavash-movie
नयाँ कलाकार आस्मा डीसीलाई मात्र देखाउँदै चलचित्र ‘आभाष’को निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा भित्र अहिलेकी चर्चामा रहेकी नायिका निशा अधिकारी पनि छिन् ।

तर निर्माणपक्षलाई भने निशाको भन्दा आस्माको धेरै भर लागेको देखिन्छ । सार्वजनिक फष्ट लुकमा आस्मालाई चर्चामा ल्याउन खोजिएको छ । संभवत निरन्तर असफल सिनेमा दिएकाले पनि निर्माणपक्षले पहिलो अनुहारमा नै निशालाई लुकाएको हुनसक्छ ।

गोविन्द शाही र दीपक शाहीले बनाएको चलचित्रलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा निशा अधिकारी, आस्मा डीसी, संयम पुरी, सलोन बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment