Comments Add Comment

संयन्त्र बनाएर एमाओवादी सरकार कब्जा गर्न चाहन्छ : बिजुक्छे

१५ भदौ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर एमाओवादीले सरकार कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

narayanmanमध्यपुर थिमिमा आयोजित कार्यक्रममा उनले अहिलेको संयन्त्रको आवश्यकता नभएको बताए । उनले भने-‘उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो भने त्यसले सरकारलाई गाइड गर्छ, सरकारले स्वतन्त्र भएर काम गर्न सक्दैन, संयन्त्रले सरकारसँग विभिन्न माग राख्छ, एमाओवादीले संयन्त्र आफूले चलाएर सरकार कब्जा गर्न खोज्दैछ ।’

संयन्त्रको आवश्यकता एमाओवादीलाई हो कि देशलाई हो भन्ने स्पष्ट हुनुपर्ने भन्दै उनले देशका लागि संयन्त्र गठन गर्ने हो भने सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने बताए ।

नेमकिपा अध्यक्ष विजुक्छेले संविधान बनाउनुभन्दा पनि संसद् अवरुद्ध गरेर एमाओवादीले आफ्नो हात माथि परे सबै ठीक नभए बेठीक भन्ने सोचलाई निरन्तरता दिएको बताए । एमाओवादी संसद्मा पञ्चायती शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले एमाओवादीले संविधानसभामा बहिष्कार गरेर सदन चल्न नदिए संविधान पनि समयमै नआउने बताए ।

भागबन्डाका आधारमा सभासद् मनोनित गरेको भन्दै विजुक्छेले भने-‘आफन्त र भाइभतिजालाई सभासद् मनोनयन गरेर कुनै उपलब्धि हुँदैन, २६ जना मनोनयनमा निर्वाचनबाट आउन नसक्ने तर विशेषज्ञ, संविधान विज्ञ, कानुन विज्ञलाई मनोनयन गरेको भए उपलब्धि हुन्थ्यो ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment