Comments Add Comment

भूमिहीनहरु न्याय खोज्दै काठमाडौंमा

Landless Member in Kathmandu
अधिकार खोज्दै काठमाडाैं अाएका भूमिहीनहरू । तस्बीर : ल्यामबहादुर दर्जी/भूमि अधिकार मञ्च

१५ भदौ, काठमाडौं । अधिकारको खोजी गर्दै देशभरका भूमिहीनहरु काठमाडौं आएका छन् । नयाँ संविधानमा आफुहरुको हक सुनिश्चित गर्न नेता र सभासदलाई दवाव दिन उनीहरु काठमाडौं आएका छन् ।
भूमिअधिकार मञ्चको अगुवाईमा काठमाडौं आएका भूमिहीन किसानहरुले संविधानसभाका विभिन्न समितिहरुका सभापति तथा सभासदहरुसँग भेट गर्नेछन् । सप्तरीकी भूमिहीन तथा राष्ट्रिय भूमिअधिकार मञ्चकी उपाध्यक्ष गुलाबदेबी रामले भोट मागेदेखि सभासदहरु गाउँ नर्फकेको गुनासो गर्दै संविधानमा भूमिअधिकार सुनिश्चित गर्न आएको बताइन् ।
‘भोट माग्ने बेलामा आफुहरुको समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिले पनि आफुहरुको समस्या उस्तै रहेको छ’, उनले भनिन्, ‘हरुवाचरुवा, ज्याला मजदुर, गाउँ ब्लक, गुठी तथा ऐलानी जग्गामा बस्न बाध्य हामीलाई प्रशासनले सताउने गरेको छ ।’
भूमिअधिकार मञ्च, धनुषाका अध्यक्ष इच्छाराम परियारले आˆना पुर्खाले नै आˆनो नाममा लालपुर्जा नदेखेको भन्दै आˆनो जीवन पनि लालपुर्जा नदेखेर बित्ने चिन्ता लागेको बताए । समस्या समाधान होला भन्ने आशा गर्दागर्दै उल्टै प्रशासनले बेला बेलामा सुकुम्बासीहरुको बस्ती जलाउने गरेको उनले गुनासो गरे ।
कैलालीबाट आएका मञ्चका केन्द्रीय सदस्य भुन्ते राजीले आफु लोपोन्मुख समुदायमा सूचीकृत भएको जानकारी दिदै नयाँ संविधानमा भूमिसुधारको ग्यारेण्टी हुनुपर्ने बताए ।
यस्तै, चितवनबाट आएकी भूमिहीन तथा मञ्चकी केन्द्रीय सदस्य दमनकुमारी चेपाङले आफुहरुले धेरै पीडा सहन बाध्य भएपनि भूमिहीनका पीडा प्रचारमा नआएको बताइन् । उनले नयाँ संविधानमा भूमिसुधारको ग्यारेण्टी गरी गरिब तथा भूमिहीनहरुलाई गासबासको व्यवस्था गर्न काठमाडौं आएको बताइन् ।
कपिलवस्तुकी भूमिहीन वसन्ती थारुले हुनेखाने वर्गले आफुहरुलाई समय समयमा दुःख दिने गरेको बताइन् । राज्यले विभिन्न क्लब र नर्सरी बनाउन जग्गा दिएपनि भूमिहीनको व्यवस्थापन गर्न नसकेको गुनासो गर्दै उनले आउन संविधानमा यसको व्यवस्था गर्ने गरी उल्लेख गराउने दवाब दिन काठमाडौं आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment