Comments Add Comment

एसपी थापाको सरुवा हुँदा तस्कर रमाए

सलमान खान
SP bikram singh Thapa१५ भदौ, भैरहवा ।  रुपन्देहीमा शान्तिसुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेका प्रहरी उपरीक्षक विक्रमसिंह थापाको सरुवा भएपछि तस्कार र अवैध धन्दा गर्नेहरु रमाएका छन् । एसपी थापाले रुपन्देही छाडेपछि नेपाल र भारत तस्करले खुसी मनाउँदै भोजभतेर गर्नेदेखि मन्दिरमा पूजा गर्न समेत भ्याएका छन् ।
एसपी थापा रुपन्देहीमा रहँदा सीमानाकामा हुने तस्करी रोक्न कडाई गरेपछि तस्करहरु भागाभाग भएका थिए । उनी हिँडेपछि लागेको घाटा पूर्ति गर्ने दाउमा तस्करहरु पुनः सक्रिय हुन थालेका हुन् ।
१३ महिनाअघि रुपन्देहीका आएका थापाले दलीय दबाबबीच तस्करको जालो तोड्दै शान्ति सुव्यवस्था कायम गर्न सफल भएका थिए । उनी भदौ १७ गते प्रहरी प्रधान कार्यालय सरुवा भएर जादैँछन् । यसअघिका एसपीको विदाईमा तामझामका साथ कार्यक्रम गर्ने यहाँका व्यापारीले एसपी थापाको विदाईमा एउटा पनि कार्यक्रम गरेका छैनन् ।
प्रहरीलाई अपराधिक क्रियाकलापप्रति शून्य सहनशीलतमा नमुना बनाउने उद्घोष गरका थापाले रुपन्देही आएको केही समयमै मानपकडीको इङगुरिया नदीबाट ०७० भदौ १२ गते अवैध वालुवा निकाल्दै गरेका २१ जनालाई पक्राउ गरेका थिए । एसपी थापाकै सक्रियता रूपन्देहीमा ठूलो परिमाणमा अायल निगमको पेट्रोलियम पदार्थ चोरी गर्दै गर्दा प्रहरीले बरामद गर्न सफल भएको थियो ।
पछिल्लो पटक अवैध नदीजन्य पदार्थको निकासी, चोरी, डकैती नियन्त्रण हुदै तेल चोरी प्रकरणमा कडा अडान लिँदा कांग्रेस, एमाले, माओवादी लगायत दलका नेताहरुको दवाव झेल्नुपरेको थियो । कानुन पालना गराउँदा चोरी, डकैती र तस्करीमा लागेका तिल्मिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment