Comments Add Comment

प्रहरीलाई घुस दिन खोज्ने जवर श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा

१५ भदौ, काठमाडौं । चोरीको मुद्दामा थुनामा रहेका भिमसेन श्रेष्ठलाई छुटाउन ३ लाख ५० हजार घुस दिनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

श्रेष्ठका भाइ जवर श्रेष्ठविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

श्रेष्ठले ३ लाख ५० हजार नगद र एभरेष्ट बैंकको खाली चेक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत प्रहरीलाई दिन खोजेका थिए । इटहरी घर भइ धुम्बाराही बस्ने भिमसेन चोरीको मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा छन् ।

३ लाख ५० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) र ३ (१) (घ) बमोजिम हैदसम्मको सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment