Comments Add Comment

दुई करोड खर्चेर देशभर पुस्तकालय खोल्ने दम्पत्ति सम्मानित

Rambahadur Shrestha Honur by Chitralekha yadav
रामबहादुर श्रेष्ठलार्इ सम्मान गर्दै शिक्षामन्त्री चित्रालेखा यादव

    १५ भदौ, काठमाडौं । पुस्तकालय दिवसका अवसरमा आइतवार आयोजित एक कार्यक्रममा पौने दुई करोड खर्चेर देशका विभिन्न ठाउँमा पुस्तकालय खोल्ने एक समाजसेवीलाई सम्मानज गरिएको छ ।
व्यक्तिगत खर्चमा ७५ वटा जिल्लामा ८४ वटा पुस्तकालय खोल्ने लायन्स मनराम प्रतिष्ठानका संरक्षक मनमाया श्रेष्ठ र अध्यक्ष रामबहादुर श्रेष्ठलाई शिक्षामन्त्री चित्रलेखा यादवले सम्मान गरेकी हुन् ।
शिक्षा मन्त्रालय,लाइब्रेरी संघ, निजामती पुस्तकालय संघ र सामुदायिक पुस्तकालय संघसहिको आयोजनामा आयोजनामा त्रिपुरेश्वरमा भएको कार्यक्रममा सम्मानित गरिएको हो ।
कार्यक्रमा बोल्दै शिक्षामन्त्री यादवले पुस्तकले मानिसलाई नैतिकवान र विज्ञ बनाउन मद्दत गर्ने हुँदा मूलुकभरी नै पुस्तकालय बनाइनुपर्ने धाराणा राखिन् ।
रामबहादुर र मनमाया श्रेष्ठले आफूले पढ्न नपाए पनि ग्रामीण क्षेत्रका गरिब समुदायलाई लक्षित गरेर  ७५ वटै जिल्लामा पुस्तकालय स्थापना गरेको सुन्न पाउँदा आफू खुसी भएको बताउँदै दुबैको कामको मन्त्री यादवले प्रशंसा गरिन् ।
सम्मानित व्यक्तित्व एवम् लायन्स मनराम प्रतिष्ठानका अध्यक्ष रामबहादुर श्रेष्ठले सरकारले आफुलाई सम्मानको हकदार देखेकोमा खुसी व्यक्त गर्दै शिक्षाक्षेत्रको विकासमा बाँचुन्जेल लाग्ने बताए ।
आफूले विश्वका धेरै राष्ट्रको भ्रमण गरेर शिक्षाको महत्व बुझेको बताउँदै श्रेष्ठले विशेषगरी ग्रामीण भेगमा रहेका सामुदायिक कलेजहरुमा पुस्तकालय निर्माण गर्ने बताए । ‘गरीवीले गुणस्तरीय शिक्षाबाट हजाराैं  बालबालिका बञ्चित भइरहेका छन् । तिनलाई विद्यालयमा  अध्ययन गर्न प्रोत्साहित गर्ने गरी छात्रावृत्ति दिन्छौं’, श्रेष्ठले भने, ‘व्यवस्थित पुस्तकालयबारे शिक्षकहरुलाई तालिम दिने लगायतका कार्यहरु प्रतिष्ठानको माध्यमबाट गरिराखेका छौं, हालसम्म प्रतिष्ठानले दुई करोड रुपैयाँ पुस्तकालयमा लगानी गरिसकेको छ ।’

सम्मानित श्रेष्ठले आगामी दिनमा पुस्तकालयमा लगानी बढाएर पाँच करोड पुर्याउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment