Comments Add Comment

प्रधानसेनापति राणा इबोला प्रभावित अफ्रिका भ्रमणमा

१५ भदौ, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर राणा इबोला प्रभावित अफ्रिकाको भ्रमणमा गएका छन् ।

राणा आइतबार अपराहृन उनी नेपाली शान्ति सैनिक तैनाथ कंगो र दक्षिण सुडानको भ्रमणमा निस्किएका हुन् । भ्रमण टोलीमा रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, बलाध्यक्ष रथी प्रदिप विक्रम राणा, अर्थ मन्त्रालयका प्रतिनिधि र प्रधानसेनापतिको पाश्र्ववती छन् ।

प्रधानसेनापति राणा १९ गतेसम्म कंगोमा रहनेछन्, जहाँ उनले नेपाली शान्ति सैनिकसँगै राष्ट्रसंघीय शान्ति मिसन प्रमुख तथा राष्ट्रसंघका अधिकारीहरुलार्ए भेट्नेछन् । १९ गते युगाण्डा हुँदै दक्षिण सुडानको जुबा जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति राणाले कैन्याका सैज्य प्रमुखसहितका अधिकारीलाई भेट्नेछन् । उनी भदौ २८ स्वेदश र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment