Comments Add Comment

वातावरण संरक्षण भए प्राकृतिक प्रकोप नियन्त्रण हुन्छ : सुजाता

Sujata-Koirala१६ भदौ, इन्डोनेसिया । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वातारण संरक्षण गरे प्राकृति प्रकोपमा कमी आउने बताएकी छन् । दैविक प्रकोप नियन्त्रणका विषयमा हुने छलफलमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेकी कोइरालाले प्राकृतिक प्रकोप नियन्त्रणको एकमात्र आधार वातावरण संरक्षण रहेको बताइन् ।

संयुक्त राष्ट्रसंघको छैटौं एलाईन्स अफ सिभिलाईजेशन सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै उनी ईन्डोनेशिया गएकी हुन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले दैविक प्रकोप न्युनिकरण र विश्वव्यापी वातावरणीय परिवर्तनलाई रोक्न सवैको सहयोग अपरिहार्य रहेको बताईन् ।

सम्मेलनमा नेपालमा भएको बाढीपहिरोलगायतको विपत्ति, त्यसले पारेको असर, तथा जनताको विचल्छी भएको प्रसंगलाई सम्मेलनमा उठाएकी थिइन् । जैविक विविधता माथीको अतिक्रमणले गर्दा प्राकृतिक प्रकोप जस्ता ठुला ठुला दुर्घटना हुन गएकाले जैविक विविधता संरक्षण गर्नका लागी विश्व समुदायनै एक जुट हुनुपर्नेमा कोइरालाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment