+
+
Shares

दश सहकारी गाभिए, मंगलबारदेखि एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते १२:५१

१७ भदौ काठमाडौं । दश वटा सहकारी संस्था गाभिएर मंगलबारदेखि ‘हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

Marger-logoमंगलबार एकीकृत कारोबारको औपचािरक उदघाटन एमाओवादी नेता डा. बाबुराम भट्टराईले गर्दैछन् ।

सहकारी संस्थाको विकास र प्रवर्द्धनका लागि मर्जर थालिएको संस्थाका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । सहकारीको संख्या बढी भयो भन्ने बहस चलिरहेका बेला आफूहरुले मर्जरको अभियाननै चलाएको उनले बताए ।

संस्थाले वाषिर्क कारोबारको आकार एक अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने सेयर पुँजी १५ करोड रुपैयाँ पुगेको छ । जसमध्ये सात हजार महिला सदस्यको ६ करोड ३५ लाख रुपैयाँ र आठ हजार पुरुष सदस्यको आठ करोड ६५ लाख रुपैयाँ सेयर पुँजी रहेको छ ।

गाभिने संस्थाहरुमा पाँच वटा बचत तथा ऋणको कारोबार गर्ने र पाँच वटा वहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । सगरमाथा बहुउद्देश्यीय, जनता बहुउदेश्यीय, स्वयम्भू डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, मेगा बचत तथा ऋण, हिमशिखर बचत तथा ऋण, हौसला बहुउद्देश्यीय, हाम्रो गाउँ बचत तथा ऋण, हाम्रो गाउँ बचत तथा ऋण र भ्याली बहुउद्देश्यीय सहकारी संस्था एक आपसमा गाभिएका हुन ।

यो मर्जर सहकारीको इतिहासको सबैभन्दा ठूलो मर्जर भएको उप्रतीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?