Comments Add Comment

सवारी मेलामा १२ ब्राण्डका गाडी, ६ वटाले नयाँ मोडल सार्वजनिक गर्दै

Toyota-cars

नविन अर्याल

१८ काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा अाजदेखि सुरु हुन लागेको सवारी साधनको मेलामा आधा दर्जन कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दैछन् ।

सवारी साधन बिक्रेताहरुका लागि राम्रो मौका मानिने मेलामा सुविधा सम्पन्न नयाँ गाडी सार्वजनिक गर्ने प्रतिस्पर्धा हुन्छ । नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)ले अयोजना गर्न लागेको मेलामा १२ वटा ब्रान्डका चार पाँग्रे सवारीको प्रर्दशनी हुँदैछ । १२ ब्रान्डमध्ये आधाले मेलामा नयाँ गाडी प्रस्तुत गर्दैछन् ।

मेला संयोजक सम्भु दाहालका अनुसार मेलामा फियाट, दाइहात्सु, होन्डा, स्कोडा, फोर्ड, फियाट, किया, सुजुकी, टाटा, टोयोटा र भक्सवागन ब्रान्डका गाडीहरु प्रर्दशनीमा रहनेछन् ।

जसमध्ये होन्डा, फियाट, टोयोटा, सुजुकी, टाटा र भक्सवागनले नयाँ गाडिहरु सार्वजनिक गर्दैछन् । मेलामा ग्राहकहरुले नयाँ गाडी खोज्ने हुँदा कम्पनीहरु सुविधा सम्पन्न गाडीहरु सार्वजनिक गर्न प्रतिस्पर्धामा उत्रिने गर्छन् ।

होन्डाको ७ सिटे ‘मोबिलियो’

जापानी कार निर्माता होन्डाले मेलामा ७ सिटे कार ‘मोबिलियो’ सार्वजनिक गर्दै छ । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले मेला उद्घाटनको दिन अर्थमन्त्री डा. रामशरण महतको हातबाट गाडी सार्वजनिक गर्दैछ ।

Honda-Mobilio-7-sitter

भारतीय बजारमा प्रशिद्धि कमाइसकेको मोबिलियो पूर्णतया पारिवारिक कार हो । यसको नेपाली बजारमा ३० लाख रुपैयाँ भन्दा बढी पर्नेछ । मोबिलियो पेट्रोल इन्जिनमा ३ मोडल र डिजेल इन्जिनमा ४ मोडलमा उपलब्ध छ ।

कम्पनीका अनुसार यसको मूख्य विशेषता उत्कृष्ट माइलेज हो । डिजल इन्जिन कारले २४ किलोमिटर र पेट्रोल इन्जिन कारले १८.२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यस सेगमेन्टका कारहरुमा मोबिलियो सबैभन्दा बढी माइलेज दिने, पावरफुल इन्जिन, ठूलो स्पेश भएको कारमा पर्ने बताइएको छ । मोबिलियोको ग्राउन्ड क्लियरेन्स १८९ एमएम रहेको छ । जसले गर्दा कच्चि सडकमा पनि कारमा सजिलै कुदाउन सकिन्छ ।

टाटाको कन्सेप्ट भेहिकल स्ट्रोम लदाक

टाटा मोटर्सले मेलामा कन्सेप्ट भेहिकल टाटा स्ट्रोम लदाक गाडी प्रर्दशनीमा राख्ने भएको छ । भोलीका दिनमा टाटाले  कस्ता गाडी ल्याउँछ भन्ने जानकारी दिन उक्त गाडी मेलामा राख्न थालिएको सिप्रदी ट्रेडिङका सुरज सिंहले जानकारी दिए ।

Tata-Safari-Storme-Ladakh-final

टाटाको स्टलमा केही दिन अगाडी सार्वजनिक गरेको युटिलिटी मोभ्स गाडी मुख्य आर्कषण हुने छ । सेतो र सिल्भर कलरमा उपलब्ध यो गाडीको मूल्य नेपाली बजारमा ३१ लाख ८५ हजारदेखि सुरु हुन्छ ।

प्रतिलिटर १५.६ किलोमिटर माइलेज यो गाडी लामो दुरीको यात्राका लागी उत्तम हुने छ ।

अटो र म्यानुअल गियरमा सुजुकी सेलेरियो

मारुती सुजुकीले मेलामा हृयाचव्याक सेगमेन्टको सेलेरियो गाडी सार्वजनिक गर्दै छ । अटो र म्यानुअल ट्रान्समिसन गियर रहेको सेलेरियो १ हजार सीसी क्षमताको छ ।

यसले नेपाली सडकमा पनि २३ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । मेलामा इन्टि्र लेवलका कारमा सेलेरियो सबैको आकर्षणको केन्द्र बन्ने सिजी मोटोकर्पका मार्केटिङ प्रमुख भक्त कटुवाल बताउँछन् ।

Suzuki-Celerio

अहिलेसम्म गाडीको मूल्य नतोकिए पनि इन्ट्री लेवलका प्रतिस्पर्धी कारको हाराहारी मै हुने छ । ७ रंगमा उपलब्धसलेरियो ‘बेष्ट इन्ट्री लेवल कार’ हुने कटुवालको दावी छ ।

टोयोटाले भित्राउँदै इटिओस क्रस

टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालीले मेला उद्घाटनको दिन टोयोटा न्यू इटिओस क्रस गाडी सार्वजनिक गर्दै छ ।

सुरक्षा र डिजाइनमा विशेष ध्यान दिइएको इटिओस क्रस स्टाइलिस, आरामदायी, लक्जरियस अनुभुति दिलाउने सुविधाहरु रहेको बताइएको छ । यसमा ४५ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ ।

toyota-etios-cross-final

नेपाली बजारमा इटिओस क्रसको मूल्य ३४ लाख ४५ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । यसमा थि्र स्पोक स्टि्रङ हृविल, पावर विन्डोज लगायतका सुविधाहरु समेत रहेका छन् ।

कम्पनीले इटिओस क्रस अर्थमन्त्री डा. रामशरण महतको हातबाट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

फियाटको ‘पुन्टो इभो’ र ‘न्यू लिनिया’

फियाट गाडीको नेपालका आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल्सले मेलामा फियाट पुन्टो इभो र फियाट न्यू लेनिया गाडी सार्वजनिक गर्दै छ । दुबै मोडल अपग्रेडेड भर्सन हुन् ।

fiat-punto-evo-and-linea

हृयाचव्याक सेगमेन्टको पुन्टो इभो ४ वटा भेराइटीमा उपलब्ध हुनेछ । पुन्टोमा स्मार्ट कि विन्डोज र मल्टी जेट इन्जिन रहेको छ । त्यसैगरि, सेडान सेगमेन्टको फियाट लिनिया पनि नयाँ लुक्स र आकर्षक फिचरका साथ बजारमा आउँदैछ ।

स्कोडाका दुई अपग्रेडेड मोडल

मेलामा स्कोडाले भर्खरै मात्र बजारमा भित्राएको र्‍यापिड रिलोडेड र र्‍यापिड अल्टिमा गाडी प्रर्दशनीमा राख्दै छ । सार्वजनिक नगरी बिक्री सुरु गरेको दुबै मोडल मेलामा औपचारिक सार्वजनिक गरिने जनरल म्यानेजर सुरज मानन्धरले बताए ।

विभिन्न पाँच कलरमा उपलब्ध हुने यो गाडी पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध हुने छ । दुबै मोडल १६ सय सीसीका हुन् ।

Scoda-Rapid-Altima

कम्पनीका अनुसार नेपाली बजारमा यो गाडीको मूल्य ३३ लाख २५ हजार रुपैयाँदेखि ४२ हजार रुपैयाँसम्म पर्छ । दुबै गाडीले इन्ट्री लेवलका सेडान गाडीसँग प्रतिस्पर्धा गर्ने मानन्धरले दाबी गरे ।

हुन्डाईको एक्सेन्ट कार

कोरियन ब्रान्ड हुन्डाईले मेलामा एक्सेन्ट कार प्रर्दशनीमा राख्ने भएको छ । नजिकिँदै गरेको दशैं र मेलालाई लक्षित गर्दै केही दिन अगाडी नेपाली बजारमा सार्वजनिक गरेको एक्सेन्टलाई नै मेलामा मुख्य आकर्षणका रुपमा पेश गरिंदै छ ।

Hyundai-xcent

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment