Comments Add Comment

बाबुराम भट्टराईले भने -सहकारीको व्याजदर साहु-महाजनको जस्तो किन ?

Baburam bhattrai

१७ भदौ काठमाडौं । एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले सहकारी संस्थाहरुले साहु-महाजनको जस्तो बढी व्याज लिएको बताएका छन् ।

सहकारी संस्थाले निम्न आय भएकालाई सुलभ र सस्तोमा कर्जा उपलब्ध गराउनुपर्ने उनको जोड छ । ‘सहकारी संस्थाहरुले ऋणीसँग २० प्रतिशतसम्म कर्जा लिनेगरेको मैले सुनेको छु’ मंगलबार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको एकिकृत कारोबारको शुभारम्भ गर्दै भट्टराईले प्रश्न गरे-नाम सहकारी राख्ने तर, साहू महाजनको जस्तो व्याज किन ?

सहकारीलाई अर्थतन्त्रको खम्बाकै रुपमा महत्व दिनु नहुने उनले दोहोर्‍याए । ‘सहकारीको स्वामित्व निजी क्षेत्रकै हुने भएकाले यो निजी क्षेत्रभन्दा भिन्नै होइन, निजी क्षेत्रको अंग हो’ उनले भने -अर्थनन्त्रका खम्बा निजी क्षेत्र र सरकारी क्षेत्र हुन्, सहकारी त्यसलाई जोड्ने पुल हो ।

शामन्तबादबाट पुँजीवाद हुँदै समाजवाद उन्मुख अर्थव्यवस्थामा सहकारी संस्थाहरुको महत्व अझ बढी भएको उनको भनाई थियो ।

हाम्रो सगरमाथा सहकारी १० वटा सहकारी संस्था गाभिएर बनेको संस्था हो । संस्थाको सेयर पुँजी १५ करोड रुपैयाँ छ भने १ अर्ब ५० करोड रुपैयाँ वाषिर्क कारोबार छ ।

कार्यक्रममा राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले अनुगमन गर्न नसक्दा सहकारी संस्थाहरुमा विकृति बढेको बताए । सदस्यहरु चनाखो भएमा संस्थामा विकृति नआउने उनको भनाई थियो ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले यो मर्जर सहकारी क्षेत्रकै ठूलो मर्जर भएको बताए । उनले मर्जर अभियानले सहकारी क्षेत्रलाई अझ मजबुत बनाउने भारणा राखे । संघका पूर्वअध्यक्ष दिपकप्रकाश बास्कोटाले संस्थाको एकीकृत कारोबारसँगै कम व्याज र बढी सुविधा दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment