Comments Add Comment

नेपाली क्रिकेटरलाई शिकागोमा सम्मान

saradसिकागो । सिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाइटीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकरलाई सम्मान गरेको छ । सोसाइटीले अमेरिकाको सिकागोमा एक कार्यक्रम आयोजना गरी खेलाडी भेषवाकरलाई सम्मान गरेको हो ।

भेषवाकर भर्खरै सम्पन्न एक प्रतियोगितामा युनिटी कपमा डालस पंजाव लायनबाट सहभागी हुन सिकागो पुगेका थिए । खेलमा भेषवाकरको टिमले प्रथम स्थान हासिल गरेको थियो भने उनको टीमलार्इ त्यहाँ रहेका नेपालीहरूले उत्साहित बनाएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिस्पर्धाहरुमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी भेषवाकरलाई सोसाइटीले एक कार्यक्रमको अयोजना गरी सम्मान गरेको हो ।

उनी विश्वको टी२० ब्याट्स्म्यानहरु मध्ये ८४ औं स्थानमा रहेका छन् । यसका साथै भेषवाकर नेपालको क्रिकेट जगतमा अन्तराष्ट्रिय शतक गर्ने तेस्रो खेलाडी पनि हुन् ।
सन्ध्या राई कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment