Comments Add Comment

सम्पत्ति सुद्दिकरण रोक्न अमेरिकी तालिम नेपालमा

१८ भदौ काठमाडौं । अमेरिकाको सरकारी संस्था होमल्याण्ड सेक्यूरिटिज इन्भेटिगेसन -एचएसआई)ले काठमाडौंमा सम्पत्ति सुद्दिकरण सम्बन्धि तालिम  सञ्चालन गरेको छ ।
सोमबारदेखि सुरु भएको तालिम आगामी शुक्रबार सकिने छ ।

आधुनिक तरिकाले हुने सम्पत्ति सुद्दिकरण रोक्न, राष्ट्र-राष्ट्रबीच सम्पत्ति सुद्दिकरण हुन नदिने सहकार्य गर्ने विषयमा याक एण्ड यति होटलमा सञ्चालन भइरहेको तालिममा सम्पत्ति सुद्दिकरण अनुसन्धान विभाग पाँच जना, विभिन्न आठ भन्सार कार्यालयका आठ जना र पाकिस्तानका १२ जना तालिममा सहभागि रहेको विभागका उप-महानिर्देशक अर्जुन पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

भारतको नयाँ दिल्लीमा रहेको एचएसआईको कार्यालयले यो तालिम सञ्चालन गरेको हो । ‘तालिम निकै उपलब्धिमूलक छ, यसले नेपालमा सम्पत्ति सुद्दिकरण हुन नदिन ठूलो भूमिका खेल्छ’ पाखेरेलले भने ।

गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्तिलाई कानूनी दायरामा ल्याउनु सम्पत्ति सुद्दिकरण हो । नेपाल सरकारले केही वर्षयता गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्तिलाई कानूनी दायरामा ल्याउन नदिन सम्पत्तिको स्रोत खोल्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी कानूनी दायरामा रहेको सम्पत्तिलाई गैरकानूनी तथा आतंकवादी क्रियाकलापमा लगानी गर्नु पनि सम्पत्ति सुद्दिकरण हो । दुबै प्रकारको कारोबार हुन नदिन नेपाल सरकारले सम्पत्ति सुद्दिकरणसम्बन्धी कानून बनाएर त्यसको कार्यान्वयनका लागि सम्पत्ति सुद्दिकरण अनुसन्धान विभाग गठन गरेको छ ।

हालसम्म विभागले संकास्पद वित्तीय कारोबार गर्ने करिब एक हजार जनामाथि जानविन गरिरहेको छ भने दुई दर्जनविरुद्ध मुद्दा समेत दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment