काठमाडौं । नेपाली अटो बजारमा जापानीज ब्रान्ड डाटसन प्रवेश गरेको छ । राजधानीमा बुधबारदेखि सुरु भएको अटो मेलामार्फत डाटसन ब्रान्ड औपचारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको हो ।
डाटसन ब्रान्ड पायोनियर मोटोकोर्पले नेपाली बजारमा भित्राएको हो । कम्पनीले मेलामा डाटसनको ‘गो’ मोडल प्रर्दशनीमा राखेको छ । अर्थमन्त्री डा. रामशरण महतले बुधबार मेलास्थलमा डाटसन गो सार्वजनिक गरे ।
गाडी सार्वजनिक गर्दा अटोमोबाइल डिलर्स एशोसियशनका अध्यक्ष शेखर गोल्छा, शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, निशान अटोमोटर इन्डियाका जेनेरल म्यानेजर अतुल सहाने लगायतको सहभागिता रहेको थियो ।
डाटसन गो आधुनिक प्रविधि जडान गरिएको फाइभ डोर तथा फाइभ सीट हृयाचव्याक कार हो । पारिवारिक कारको रुपमा निर्माण गरिएको डाटसन गो आकर्षक डिजाइनमा उपलब्ध रहेको छ । गाडीको इन्टेरियर डिजाइनमा समेत विशेष ध्यान दिएको दाबी गरिएको छ ।
इन्ट्री लेवलको डाटसुन गो नेपाली बजारमा २० लाख रुपैयाँसम्ममा खरिद गर्न सकिने बताइएको छ । यद्यपी गाडीको मूल्य भने अहिलेसम्म तोकिएको छैन् । आकर्षक ४ कलरमा उपलब्ध हुने यो गाडीमा पेट्रोल इञ्जिन रहेको छ ।
गाडीको डिजाइनले आधुनिक ड्राइभिङको अनुभव प्रदान गर्ने छ भने व्यवहारिक र मूल्य अनुरुप प्रतिफल खोज्ने आधुनिक ग्राहकहरुको आवश्यकताहरु पनि पूर्ति गरिदिने छ । निशान अटोमोटर इन्डियाका जेनेरल म्यानेजर सहानेले डाटसनलाई नेपाली बजारमा भित्राउन पाउँदा खुशी भएको बताएका छन् ।
उनले डाटसन गो इन्डियामा पनि यहि मार्चमा लन्च भएको जानकारी दिँदै उनले आफ्नो ब्रान्ड विस्तारको योजनाअनुसार अबको दुई महिनाभित्रमा डाटसुन गो बिक्री वितरण सुरु हुने बताए । नेपालमा इन्डिया प्लान्टमा निर्माण गरिएका डाटसन गाडीहरु आउने बताइएको छ ।
१२ सय सीसीको डाटसनले माइलेज पनि उच्च दिने दाबी कम्पनीको छ । डाटसन गो मोडलले गत वर्षको डाटसुन वल्र्ड पि्रमियरमा भएको अनावरण देखि नै सकरात्मक प्रतिक्रिया बटुल्दै बजारमा आफ्नो उपस्थिती प्रबल बनाएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4