Comments Add Comment

म श्रीमतीविना नै सन्तान चाहन्छु : सलमान खान

salman-khan-being-human
केही समयअघि आफू अझै पनि ‘भर्जिन’ रहेको अभिव्यक्ती दिएका नायक सलमान खानले फेरि एकपटक बिहे र सम्बन्धका बारेमा मुख खोलेका छन् । उनले आफूलाई ब्याचुलर हिरोको उपनाम परिवर्तन गर्न मन लागेको बताए ।

तर सलामनले आफूलाई श्रीमतीविना नै सन्तान जन्माउन मन लागेको बताएर फेरि मिडियाको मसला बन्ने काम गरेका छन् । सलमानले भने-‘हो, म चाहन्छु मेरो पनि बच्चा हुन् । तर म चाहन्छु बच्चा श्रीमतीविना नै हुन् । फेरि म चाहन्छु, ति सन्तानका लागि श्रीमती होस् ।’

सलमानको यो भनाई निक्कै फरक र नौलो लाग्छ । संभवत उनले आफ्नो च्यारेटीबल संस्था ‘बीइङ ह्यूमन’बाट अनाथ बच्चा पाल्ने सोचेको हुनसक्छ । र उनीहरुलाई हेरचाहा गर्नका लागि श्रीमती जीवनमा आओस् भन्ने चाहेको हुनसक्छ । तर पनि सलमानको यो भनाई आफैमा नौलो र अचम्म लाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment