Comments Add Comment

तीन दलबीच हुने सहमति अस्वीकार्य : राप्रपा नेपाल

१९ भदौ, काठमाडौं । राप्रपा नेपालले प्रमुख तीन दलबीच मात्र हुने सहमति अस्वीकार गर्ने बताएको छ ।

Kamal-thapa-newराप्रपा नेपाल संसदीय दलको बिहीबार बसेको बैठकले केही सिमित दलहरुबीच सहमति गरी संविधानसभामा लाद्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-‘संविधानसभालाई उपेक्षा गरी सिमित दलबीच हुने सम्झौतालाई राप्रपा नेपाल अस्विकार गर्दछ ।’ चुनावान सात प्रतिशत मत प्राप्त गरेकाु र चौथो ठुलो दलले उठाएका एजेण्डाहरुलाई सम्बोधन नगर्ने र निषेध गर्ने षडयन्त्र भइरहेको भन्दै राप्रपा नेपालले खेद प्रकट गरेको छ ।

सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था तथा स्थानीय स्वायत्त शासन प्रणाली सम्बन्धी आफ्नो एजेण्डा सम्बोधन हुने अवस्थामा हदैसम्म लचिलेा हुन तयार रहेकेा राप्रपा नेपालले बताएको छ ।

तर, आफूहरुलाई निषेध गरिएको भन्दै संसदीय दलले संसद र संविधानसभामा सशक्त प्रतिरोध गर्ने तथा सम्बन्धित समितिहरुमा लिखित रुपमा असहमति दर्ता गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment