Comments Add Comment

ग्यास र पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता

१९ भदौ, काठमाडौं । सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीसहितको टोलीले बिहीबार नेपाल एपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियमडिलर एशोसिएसन र पेट्रोलियम ढुवानी व्यवासयी महासंघका प्रतिनिधि सहभागी थिए ।

छलफलमा सचिव सुवेदीले तीन वटै स.स्थाले राखेका जायज माग वार्ता र सम्बादको माध्यमबाट सम्बोधन गर्न नेपाल आगल निगमलाई निर्देशन दिएका छन् ।

वार्तामा चाडपर्वलाई ध्यानमा राखेर आपूर्ति व्यवस्था सहज बनाउने, वाणिज्य विभागबाट अनुगमन गर्ने सहमति भएको छ । सहमतिपछि ग्यास र डिलर एशोसिएसन र ढुवानी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

pm-office-press

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment