+
+

आधा बेलायती युवतीले चिन्दैनन् महिलाकै गुप्तांग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २० गते १६:२७

vagina

 

बेलायतका आधा युवतीहरुले महिलाको गुप्तांग (योनी) चिन्न नसक्ने एक अध्ययनले देखाएको छ । महिलामा हुने क्यान्सर विरुद्ध अभियान चलाइरहेको बेलायतको च्यारिटी संस्था दी इभ अपिलले गरेको सर्भेमा २६ देखि ३५ वर्ष उमेर समूहका पचास प्रतिशत महिलाले योनी चिन्न नसकेका हुन् ।

१ हजार जना महिलामा गरिएको सर्भेक्षणका क्रममा महिला प्रजनन प्रणालीको चित्र देखाएर त्यसमा योनीको भागमा चिनो लगाउन भनिएको थियो । त्यस क्रममा केबल आधा जसोले मात्र योनीको भाग चिन्न सके भनेर अरु आधाले चिन्न सकेनन् ।

सर्भेक्षणका क्रममा १६ देखि २५ वर्ष उमेरका एक तिहाइ महिला लाजका कारण विभिन्न खाले यौन समस्या हुँदा पनि डाक्टरकहाँ नजाने गरेको पाइयो ।

त्यस्तै २० प्रतिशतलाई पाठेघर, डिम्बासय, योनी, भल्भा तथा पाठेघरको मुखको क्यान्सरको एउटा लक्षण पनि जानकारी छैन ।
त्यस्तै ४० प्रतिशतले योनी शब्द उच्चारण नगर्ने र त्यसको साटो लेडी पार्टस् तथा उमन बिट्स जस्ता कोड शब्द प्रयोग गर्ने गरेको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?