+
+

गिरीबन्धु टी-इस्टेट फाइल खोल्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १५:१०

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेका छन् ।

सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई उनको सुझाव छ ।

बार्गेनिङ नगरेर भ्रष्टाचारका फाइल खोल्न उनको आग्रह छ ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गिरीबन्धु टी इस्टेटको फाइल खोलौं, यो गृहमन्त्रालय अन्तर्गत पर्छ । काहीँ जान पर्दैन । एउटा सिग्नेचर गरेपछि दुई घण्टामा खोलिन्छ ।’

सर्वोच्च अदालतले हालै झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला गरेको छ । यो फैसलालाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रश्न उठाउन थालेको छ ।

यही बेला राप्रपाले समेत गृहमन्त्रीलाई गिरीबन्धु टी इस्टेट फाइल खोल्न सुझाएका हुन् ।

यसका अलावा क्यान्टोनमेन घोटाला, फोरजी घोटाला, ओम्नी घोटाला, वाइडबडी घोटाला, ललिता निवास प्रकरण र छायाँ सेन्टर प्रकरणलाई अगाडि बढाउन उनको आग्रह छ ।

निर्मला हत्याको विषय अझै रहस्यमा रहेको भन्दै उनले यसलाई पनि अगाडि बढाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?