Comments Add Comment

तीनदल बिहानैदेखि छलफलमा, सहमति जुटाउन प्रयास गरिने

3-dal-meeting

२१ भदौ, काठमाडौं । सहमति जुटाउने प्रयासमा रहेका प्रमुख तीन दलका शीर्ष नेताहरु शनिबार बिहानैदेखि छलफलमा जुटेका छन् । संविधानका मूख्य विवादित विषयहरुमा सहमति जुटाउने समयसीमा आज सकिने भएकाले आपसी सहमतिबाट अघि बढ्न तीन दल सक्रिय भएका हुन् ।

संविधानसभाको संवाद समितिमा छलफल जारी रहेको र सकारात्मक छलफल अघि बढेको भन्दै प्रतिपक्षी दल एमाओवादीले केहीसमय थपेर कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेपनि सत्तारुढ दल कांग्रेस र एमालेले भने अहिलेसम्म सहमति भएका विषयलाई लिएर अघि बढ्नुपर्ने तथा बाँकी रहेका विषयलाई प्रक्रियागत रुपमा अघि बढाउनुपर्ने बताउँदै आएका छन् ।

संविधानसभाको कार्यतालिका अनुसार भदौ २१ अर्थात् आज राति १२ बजेसम्म विवादित सबै विषयमा दलहरुले सहमति गरिसक्नुपर्ने छ । राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता विषयमा दलीय अडानका कारण सहमति हुन सकेको छैन् ।

यसअघि शुक्रबार भएको बैठकमा विवादित विषयहरु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता विषयमा सहमति नजिक पुगेको दावी नेताहरुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment