Comments Add Comment

ह्वेलजत्रै क्षुद्रग्रह पृथ्वीको नजिक आउँदै, ठोक्किने डर छैन : खगोलविद

asteroidह्वेल माछाको जत्रै आकारको क्षुद्रग्रह आज पृथ्वीको निकै नजिक आउदैछ । सन् २०१३ को फेब्रुअरीमा रुसमा खसेर क्षति पूराएको उल्कापिण्ड जत्रै आकारको क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट गुज्रने भएपनि यसबाट पृथ्वीमा कुनै क्षति नपुग्ने नासाले जनाएको छ ।

२०१४ आर सी नाम दिइएको क्षुद्रग्रह पृथ्वीबाट झण्डै २५ हजार माइलको दूरीमा आउनेछ । यो दूरी पृथ्वी र चन्द्रमाको दूरीको एक दशांश हो ।
यसको सानो आकार तथा भयंकर मार्गका कारण खगोलविद्हरुले यो क्षुद्रग्रहलाई ‘पिटबुल’ को संज्ञा दिएका छन् ।

यो झण्डै ६० फिट लामो हुने खगोलविदहरुको भनाइ छ । जसलाई पृथ्वीबाट दुरविनले सहजै देख्न सकिनेछ । नेपाली समय अनुसार आइतबार राति झण्डै १ बजेतिर न्युजिल्याण्ड माथिको आकाशमा आइपुग्दा यो क्षुद्रग्रह र पृथ्वीको दूरी सबैभन्दा कम हुनेछ ।

यो क्षुद्रग्रह गएको अगष्ट ३१ म्ाा पत्ता लगाइएको हो ।
यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना नरहेको भन्दै खगोलविद्हरुले यसको कक्ष स्थापित हुँदा यो क्षुद्रग्रह भविष्यमा पृथ्वीको छिमेकी पिण्ड बन्ने बताएका छन् ।

कतिपय खगोलविद्हरुका अनुसार भने यी र यस्तै क्षुद्रग्रहहरु पृथ्वीमा ठोक्किएर ठूलै प्रलय आउन सक्छ । गएको मार्चमा पनि झण्डै यात्रुवस आकारको एक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट गुजि्रएको थियो ।
नासाका अनुसार यस्ता सम्भावित जोखिमयुक्त क्षुद्रग्रहको संख्या झण्डै १४ सय छ ।

वैज्ञानिकहरुले सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा एउटा ठूलो क्षुद्रग्रह ठोक्किने र भयंकर प्रलय हुने भविष्यवाणी गरिरहेका छन् । १९५० डिए नामको उक्त क्षुद्रग्रह आन्ध्र महासागरमा ३८ हजार माइल प्रतिघण्टाको वेगले खस्दा त्यसले उत्पन्न गर्ने ठूलो परिमाणको उर्जाले पृथ्वीमा प्रलयकारी दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको खगोलविदहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment