Comments Add Comment

बिराटनगरका ५ सय ७ व्यापारिक फर्ममाथि राजश्वको छानविन

२२ भाद्र विराटनगर । मिस म्याच गरेको आशंकामा मोरङका अधिकाश ठुला तथा साना व्यापारिक फर्महरु अनुसन्धानको दायारामा तानिएका छन् ।

आन्तिरिक राजस्व कार्यालय विराटनगरले मिस म्याच गरी कर छली गरेको आशंकामा जिल्लाका ५ सय ७ व्यापारिक फर्ममाथि अनुसन्धान थालेको हो । कार्यालयले आर्थिक वर्ष २०७०/०७१ को असार मसान्तसम्मको अवधिमा मिस म्याच गरी कर छलको आशंकामा गरेको छ ।

आन्तरीक राजश्व विभागले स्थायी लेखा नम्बर (पान) उल्लेख गरेरै शंकाको घेरामा परेका व्यापारीक फर्महरुको सूची पठाएकाले छानबिन प्रकृया थालेको कार्यालय प्रमुख गोपाल कोइरालाले जानकारी दिए ।

‘विभागकै सूचना र निर्देशन अनुसार हामीले यस सम्बन्धमा छानबिन थालेका हौं,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘सम्बन्धित फर्महरुलाई धमाधम पत्राचार थालेका छौं, उनीहरु सम्पर्कमा आए लगतै सोधपुछ र अनुसन्धानको काम पनि सुरु हुन्छ ।’

विशेष गरी मदिरा, चाउचाउ, चुरोट, ग्यास आदिका खुद्रा व्यापारीहरु मिस म्याचको आशंकाको घेरामा छन् ।

कार्यालयका अनुसार ७ सय ५ व्यापारीक फर्म मध्ये ५ सय ८३ र्फमले वढी १ लाखदेखि २० लाख रुपैयाँसम्म कारोवारको सीमा देखाएर वढी आर्थिक कारेावार गर्ने गरेको पाइएको छ ।

यस्तै १ करोडदेखि ५ करोडसम्मको आर्थिक कारोवार गर्ने ९८ फर्म रहेका छन् भने ५ करोडबढीको आर्थिक कारेावार गर्ने २४ फर्म छानविनको दायरमा परेका छन् ।

गएको वर्ष विराटनगरका व्यापारिक फर्मले मिस म्याच गरेको ठहर गदै ७ सय वढीलाई कारबाही गरी करिव ५ करोड रुपैयाँ जरिवना असुली भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment