Comments Add Comment

हिन्दु राज्य नभए संविधानको मस्यौदा च्यात्छु : खुमबहादुर

khum-bahadur

निमुसंगम घर्ती

२४ भदौ, दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले स्वतन्त्रता र अखण्डतालाई बचाउन हिन्दु राज्य अनिवार्य भएको बताएका छन् ।

वीपी कोइरालाको एक सयौँ जन्मजयन्तीको अबसरमा मंगलबार दाङमा वीपीको सालिक शिलन्यास गर्दै नेता खड्काले हिन्दु राज्य नभए नयाँ संविधानको मस्यौदा च्यात्ने चेतावनी दिए ।

पार्टीको केन्द्रीय समितिको बैठकमा पनि प्रस्ताव लैजाने भन्दै उनले भने-‘हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ भन्नेमा अहिले ठुलो जनमत बनिसकेको छ, विद्धानदेखि सामान्य तहका व्यक्ति समेत हिन्दु राष्ट्रको पक्षमा उभिएका छन् । अब बन्ने संविधान हिन्दुराज्यसहितको हुनुपर्छ ।’

अर्को प्रसंगमा कांग्रेस नेता खड्काले माओवादी भड्काउमा लागेको आरोप लगाए । २०६२/६३ को जनआन्दोलनले विकृति ल्याएको भन्दै उनले माओवादीका नेताहरु दरबारबाट जन्मिएकाले कम्युनिष्टको मूल्य भुलेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment